ट्र्याक्टर दुर्घटनामा बालकको मृत्यु, १४ घाइते | Khabarhub Khabarhub

ट्र्याक्टर दुर्घटनामा बालकको मृत्यु, १४ घाइते


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- बर्दियाको सीमावर्ती क्षेत्रमा पर्ने भारतको वहराइच जिल्ला लक्कडबाबामा मेला हेरेर फर्किने क्रममा भे१त ५७५२ नंको ट्र्याक्टर दुर्घटना हुँदा गुलरिया–८ का नौ वर्षीय समुन लोधको शनिबार मृत्यु भएको छ । उनको नेपालगञ्जस्थित नर्सिङहोममा उपचारका क्रममा मृत्यु भएको हो ।

गुलरिया–९ डिब्बा भन्ने गाउँमा भएको दुर्घटनामा १४ घाइते भएको प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए । घाइतेमध्ये गुलरिया–८ कै १५ वर्षीया नीलम लोध र नौ वर्षीया सुमनकुमारी लोधको अवस्था गम्भीर छ । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि दुवैलाई नेपालगञ्ज सिफारिश गरिएको छ । नीलम र सुमनकुमारीको अवस्था चिन्ताजनक भएकाले नेपालगञ्ज पठाइएको प्रहरी नायब उपरीक्षक मदन सिंहले बताए ।

वर्षेनी जेठ महिनामा लाग्ने लक्कडबाबा मेला हेर्न बर्दियाका आठ वटै स्थानीय तहको प्रत्येक बस्तीबाट धेरै सङ्ख्यामा नेपाली तीर्थालु जाने गर्छन् ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ९ : ०७ बजे

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता– इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा