‘क्रिकेट मैदान निर्माणमा सरकारले सहयोग गर्छ’ | Khabarhub Khabarhub

‘क्रिकेट मैदान निर्माणमा सरकारले सहयोग गर्छ’


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– दूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारले धनगढीको फाप्ला क्रिकेट मैदान निर्माणका लागि सहयोग गर्ने बताएका छन् ।

सोमबारदेखि धनगढीमा शुरु हुन लागेको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको शनिवार उद्घाटन गर्दै उनले क्रिकेट मैदानलाई प्रदेशको गौरवको योजनाका रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतियोगिताको उद्देश्यमाथि प्रकाश पार्दै डिपिएल आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभाष शाहीले फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि सबैको सहयोग आवश्यक रहेको बताए । वर्षाका कारण प्रतियोगिता हुने सो मैदानमा पानी जमेपछि खेल तालिका दुई दिनपछि सारिएको छ ।

समारोहमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पवन अग्रवाललाई ‘धनगढी क्रिकेट सम्मान’बाट र नेपाली क्रिकेटका पहिलो आधिकारिक प्रशिक्षक सुनोज भट्टराईलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ द्वारा सम्मानित गरिएको छ । उनीहरुलाई जनही  एक लाख प्रदान गरेर सम्मानित गरिएको हो ।

सोमबार हुने पहिलो खेलमा धनगढी स्टार्स र काठमाडौं गोल्डेन्स भिड्नेछन् । यस्तै दोस्रो खेल रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेडबीच हुनेछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट मान्यता प्राप्त प्रतियोगितामा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौँ गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ । प्रतियोगिताका लागि पाँच हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको छ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ७ : ०८ बजे

नदी कटानका कारण साँघुरिँदै बस्ती

म्याग्दी । म्याग्दी नदीको कटानका कारण बगरफाँट गाउँ साँघुरिँदै गएको

प्रधानसेनापतिद्वारा सैनिक फिल्ड अस्पताल तथा महाविद्यालयको उद्घाटन

बुटवल । प्रधान सेनापति प्रभुराम शर्माले बुटवलमा निर्माण भएको सैनिक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि लुम्बिनी र मधेशमा सरकार विस्तारसम्म

प्रधानमन्त्री प्रचण्ड र ओली छलफल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र

दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा

तनहुँ– सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा

तीनकुनेको अनियनमा एक रुपैयाँमा रोटी 

काठमाडौं– काठमाडौंको तीनकुने स्थित हिपत फुड पोइन्ट कम्पनीद्वारा सञ्चालित अनियनमा