पानीजहाजको सपना देख्नु गलत होइन- गगन थापा | Khabarhub Khabarhub

पानीजहाजको सपना देख्नु गलत होइन- गगन थापा


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारले रेल र पानीजहाजको सपना देख्नु गलत नभएको बताएका छन् ।

नेपाली काङ्ग्रेस गोरखाद्वारा पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको चौथो स्मृति दिवसका अवसरमा सदरमुकाममा आयोजित कार्यक्रममा उनले, “कुनै पति प्रधानमन्त्रीले नेपालमा रेलको सपना देख्नु गलत होइन, पूर्वाधार नभएको देशमा पूर्वाधार चाहिन्छ, त्यसमा उडाउनुपर्ने कुरा छैन तर रेल पहिले कि देशलाई आर्थिक जोखिमबाट जोगाउने काम पहिला हो भन्ने मात्र हो ।”

अहिले आर्थिक जोखिममा परेको नेपाललाई आर्थिक जोखिमबाट मुक्त गर्नतर्फ सरकार लाग्नुपर्ने भए पनि सरकारको पहिलो प्राथमिकताको विषय अलग हुनु गलत भएको उनको भनाइ छ ।

नेता थापाले देशमा लगानीको उपयुक्त वातावरण अझै बन्न नसकेको भन्दै देशभित्रको उद्योगधन्दा र आर्थिक क्रियाकलाप चलायमान भए मात्र वैदेशिक लागनी भित्र्याउन सकिनेमा जोड दिए । उनले वर्तमान सरकार इतिहासकै सबैभन्दा शक्तिशाली र अनुकूल वातावरण पाएको सरकार भएको भन्दै जनताले सरकारसँग बढी अपेक्षा गर्नु स्वाभाविक भएको बताए ।

अर्को फरक प्रङ्सगमा नेता थापाले चुनावमा पराजय हुनासाथ पार्टी सकियो भन्ने र सरकारले नराम्रो गरेकाले हामी अबको चुनाव जित्छौँ भन्ने काङ्ग्रेसमा रहेका दुवै खालको सोच गलत भएको तर्क गरे ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ९ : ०१ बजे

जरिवाना तिर्न राप्रपालाई काठमाडौं महानगरको पत्र

काठमाडौं– काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जरिवाना तिराउने निर्णय गरेको

सेतो मच्छिन्द्रनाथ : महिलाको शक्ति (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथकाे रथ शुक्रबार काठमाडौंकाे लगनटाेलमा रहने भएको छ

ट्राफिक प्रहरीको लापसे चेकिङमा पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका

नि:शुल्क स्वास्थ्य शिविरमा गाउँका दर्जनौँ महिला लाभान्वित 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रपा स्वास्थ्य चौकीमा वडाले आयोजना गरेको

रविलाई पूर्वडीआइजीको सुझाव : भागेर हुँदैन

काठमाडौं- नवराज सिलवालको पहिचान नेपाल प्रहरीको पूर्वडीआईजी भन्दा फराकिलो भएको