अनमोलको व्यस्तता: दुई महिनामा दुई फिल्म ! | Khabarhub Khabarhub

अनमोलको व्यस्तता: दुई महिनामा दुई फिल्म !


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवास्टार अनमोल केसीको व्यस्तता यतिबेला किन पनि बढेको छ भने यस वर्ष बाँकी रहेका दुई महिनामा उनका दुई फिल्म देखिँदैछन् ।

फागुन १७ गतेदेखि रिलिज हुने फिल्म ‘क्याप्टेन’ को जोडतोडका साथ प्रचार गरिएको छ । अनमोलको मात्र नभएर भुवन केसीको पनि व्यस्तता बढाएको छ फिल्मले । फिल्मको प्रचारका लागि अनमोल यतिबेला खुलेरै मिडियालाई समय दिएका छन् भने सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छन् ।

हुन त फिल्मको प्रचारमा सक्रिय हुने अनमोलको बानीको धेरैले तारिफ समेत गर्छन् भने कतिले स्टारडमको कारणका रुपमा पनि हेर्ने गर्छन् ।

‘ए क्याप्टेनमा मात्र हैन, लगत्तै रिलिज हुने उनको अर्को फिल्म ‘ए मेरो हजुर ३’ को प्रचारमा पनि उनी सक्रिय छन् यतिबेला ।

अनमोल फिल्म ‘क्याप्टेन’ को प्रचारका लागि आजै नेपालगञ्ज उडेका छन् । यता आइतबार फिल्म ‘ए मेरो हजुर ३’ टिजर सार्वजनिक हुन्छ भनेर सामाजिक सञ्जालमा लेखिसकेका छन् । आफ्नो इन्स्टाग्राम एकाउन्टमा पनि उनले दुवै फिल्मसँग सम्बन्धित पोस्टर सार्वजनिक गरेका छन् ।

तर अनमोलका लागि अर्को थ्रेट के छ भने उनले अभिनय गरेको पछिल्लो फिल्म ‘कृ’ ले दर्शकको मन जित्न सकेको थिएन । यो फिल्मका लागि उनले दुःख भने निकै गरेको बताएका थिए । अहिले उनी फिल्म ‘क्याप्टेन’ मा पनि आफूले निकै दुःख गरेको बताउँदै आएका छन् ।

ट्रेलरबाट फिल्मले राम्रो प्रतिक्रिया त पाएको छ तर पनि ट्रेलरकै आधारमा फिल्म सुपरहिट होला भनेर अनुमान गर्न सकिने अवस्था छैन ।

अर्कातिर भोलि टिजर सार्वजनिक हुने फिल्म ‘ए मेरो हजुर ३’ फिल्मको रिलिज मिति चैत्र २९ गतेलाई तोकिएको छ । यदि ‘क्याप्टेन’ ले व्यापारिक रुपमा राम्रो प्रतिक्रिया पाउन सकेन यसको असर ‘ए मेरो हजुर ३’ मा पनि पर्ने फिल्मकर्मीले अनुमान गरेका छन् ।

महिनाको अन्तरालमा फिल्म रिलिज हुन लागेकाले अनमोलको व्यस्तता बढ्नु स्वभाविक त हो तर फिल्म छिटो रिलिज हुँदा दर्शक मोनोटोनस हुने हुन् कि भन्ने प्रश्न पनि उठेको छ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  १० : ११ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न