बागमती सफाई अभियान ३ सय औं हप्तामा | Khabarhub Khabarhub

बागमती सफाई अभियान ३ सय औं हप्तामा


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती सफाई अभियानको ३ सय औ हप्ताको अवसरमा राजधानी काठमाण्डौमा विशेष कार्यक्रम गरिएको छ ।

शनिबार काठमाण्डौको शंखपार्कमा गरिएको बागमती सफाई महाअभियानको ३ सय आंै हप्ताको विशेष कार्यक्रममा सरकारका मन्त्रीहरु, सफाई अनियानका अभियन्ताहरु, नागरिक समाजका अगुवा, सर्वसाधरण लगायतको उल्लेख्य उपस्थिति थियो । कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राई, खानेपानी मन्त्री बिना मगर र बन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेत सहभागी भएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री विना मगरले बागमती सरसफाई महाअभियानले आम नेपाली जनतालाई सरसफाईको महत्व र प्राकृतिक सुन्दरताको अपरिहार्यतालाई दर्शाउन सफल भएको बताए । शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले धर्तीलाई जननी मान्ने धार्मिक विश्वास रही आएको भन्दै जन्मदिने जननीलाई फोहर गर्न नदिन सबै नेपाली उद्त हुनुपर्नेमा जोड दिए ।

यसैबीच, कार्यक्रममा प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ४ सय ४० वटा सौर्य बत्तीको उद्घाटन गर्नुभएको थियो । त्यसैगरी सरसफाई अभियानका अभियन्ताहरुलाई कार्यक्रममा सम्मान पनि गरिएको थियो । निरन्तरको झरिका बाजजुत पनि कार्यक्रममा सर्वसाधरण र अभियन्ताहरुको उल्लेख्य उपस्थिति थियो ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ७ : २० बजे

युएईविरुद्ध नेपालको खराब सुरुवात, दुवै ओपनर आउट

काठमाडौं–  नेपालले युएईविरुद्धको खेलमा खराब सुरुवात गरेको छ । एसीसी

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३