उत्तर कोरियासँग अमेरिकी प्रतिनिधिको वार्ता फलदायी : ट्रम्प | Khabarhub Khabarhub

उत्तर कोरियासँग अमेरिकी प्रतिनिधिको वार्ता फलदायी : ट्रम्प


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कूटनीतिज्ञले उत्तर कोरियामा गरेको वार्ता ‘फलदायी’ भएको बताएका छन्। यसका साथै उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँगको शिखर वार्ता भियतनामको हनोइ सहरमा हुने उनले बताए।

‘फलदायी वार्तापछि अमेरिकी प्रतिनिधि भर्खरै उत्तर कोरियाबाट फर्केका छन्। फेब्रुअरीको २६ र २७ मा किम जोङ उनसँगको शिखर वार्ता भियतनामको हनोइ शहरमा हुने पनि निश्चित गरेका छन्,’ ट्रम्पले ट्विटरमा लेखेका छन्।

शान्ति प्रक्रियाका लागि अध्यक्ष किम जोङ उनसँगको वार्ताको प्रतिक्षारत रहेको समेत ट्रम्पको भनाइ छ। भियतनामसँग उत्तर कोरिया र अमेरिका दुबै मुलुकको उत्तिकै राम्रो सम्बन्ध रहेको बताइन्छ।

उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि स्टेफन बाइगनले तीन दिनसम्म उत्तर कोरियाको भ्रमण गरी आफ्ना समकक्षी किम ह्योक चोलसँग वार्ता गरेका थिए।

किम र बाइगनबीच ट्रम्प–किम वार्ताअघि फेरी भेटवार्ता गर्ने सहमति बनेको बताइएको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग फेब्रुअरी २६ र २७ मा भियतनाममा शिखर वार्ता गर्ने घोषणा गरेका थिए।

अमेरिकी विशेष प्रतिनिधि बाइगन र किमबीच गत बुधबारदेखि शुक्रबारसम्म बैठक भएको थियो। उनीहरुबीच सिंगापुर शिखर वार्तामा राष्ट्रपति ट्रम्प र किमबीच भएको सहमतिलाई गति दिने विषयमा छलफल भएको जनाइएको छ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  १ : १८ बजे

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न डा. केसीको माग

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी

सत्ता गठबन्धनलाई माधवको चेतावनी : हामी कसैको दास होइनौँ 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले

ओलीको प्रतिवेदन : विचार मिल्नेहरू माझ सहकार्य आवश्यक  

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख्य प्रश्नहरूमा न्यूनतम

इलाम पुगेर गगनले भने- गठबन्धनले माघ कटाएछ भने फेरि जवाफ दिन आउनेछु

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन लामो समय

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ प्रतिवेदनहरू

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ