पर्यटकीयस्थल घुम्टे जाने पर्यटकलाई लक्षित गरी पक्की पदमार्ग निर्माण | Khabarhub Khabarhub

पर्यटकीयस्थल घुम्टे जाने पर्यटकलाई लक्षित गरी पक्की पदमार्ग निर्माण


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट- बागलुङ जिल्लाको पर्यटकीयस्थल घुम्टे जाने पर्यटकलाई लक्षित गरी पक्की पदमार्ग निर्माण गरिएको छ ।

जिल्लाको गलकोट नगरपालिका–७ मल्मको सानाखोलादेखि चौतारासम्म ५०० मिटर पक्की पदमार्ग निर्माण सम्पन्न भएको गलकोट नगरपालिकाले जनाएको छ ।

गलकोट नगरपालिकाको क्रमागत बजेट अन्तर्गत वर्षको रु आठ लाख र यो वर्षको रु चार लाख गरी रु १२ लाखको लागतमा पर्यटकीय पदमार्ग निर्माण गरिएको कार्यबाहक वडाध्यक्ष लोकबहादुर थापाले बताए ।

पक्की पदमार्गलाई साना खोलाबाट राम्चेढुङ्गा हुँदै घुम्टेको धुरी पुर्याउन लक्ष्य राखिएको छ । पदमार्र्ग घुम्टेको धुरीसम्म पुग्दा झण्डै १० किलोमिटर लामो पदमार्ग हुने पदमार्ग निर्माण समितिका अध्यक्ष भक्तबहादुर थापाले बताए ।

‘घुम्टे जाने पर्यटकलाई छोटो दुरीमार्फत सहजयात्राका लागि पक्की पदमार्ग निर्माण गरिरहेका छौँ,’ थापाले भन्नुभयो, “निर्माण सम्पन्न गर्नका लागि रु दुई करोड बजेट लाग्ने अनुमान छ ।” पदमार्गका लागि ठूलो बजेट आवश्यक भएका कारण गलकोट नगरपालिकामार्फत प्रदेश तथा केन्द्रीय सरकारलाई बजेट माग गरिएको थापाको भनाइ छ ।

गलकोट नगपालिकाले गलकोटको पहिचानका रुपमा रहेको जिल्लाकै सबैभन्दा उच्च पहाड घुम्टे धुरी पुग्ने पर्यटकलाई लक्षित गरी पदमार्ग निर्माण गरिरहेको नगरपालिकाले जनाएको छ ।

गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको बीचमा रहेको घुम्टे लेकमा पर्यटन प्रवद्र्धन गर्न प्रत्येक वर्ष गुराँस उत्सव गर्ने गरिएको छ । घुम्टेलाई गुराँस पहाड घोषणा र वैशाख १ गते लालीगुराँस दिवस मनाउन माग गर्दै गलकोट घुम्टे पर्यटन केन्द्रले प्रत्येक वर्ष गुराँस उत्सव गर्न शुरु गरेसँगै यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेपछि पदमार्ग निर्माण गर्न थालिएको हो ।

घुम्टे पहाडमा अनेकौं प्रजातिका गुराँस फुलेको हेर्न चैत, वैशाखमा पर्यटकको बढी भीड लाग्ने गर्दछ । समुन्द्र सतहदेखि १० हजार ९ सय ९३ फिटको उचाईमा अवस्थित प्रसिद्व घुम्टेमा सिद्ध र भैरवको मन्दिर समेत रहेका छन् । मन्दिरमा वैशाखी पूर्णिमामा ठूलो मेला समेत लाग्ने गर्दछ । झण्डै ४ घण्टाको पैदल यात्रापछि पुग्न सक्ने घुम्टेमा पदमार्ग निर्माण भएपछि आउजाउमा निकै सहज हुनेछ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  १२ : ५१ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन