बालिका बलात्कार आरोपमा दुई पक्राउ | Khabarhub Khabarhub

बालिका बलात्कार आरोपमा दुई पक्राउ


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर- चितवनमा एक १३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

रत्ननगर नगरपालिका–७ बछ्यौलीकी बालिकालाई आर्थिक प्रलोभन देखाई बलात्कार गरेको आरोपमा बाराको कोल्ही नगरपालिकाका ३० वर्षीय गङ्गा चौधरी र सोही स्थानका २२ वर्षीय अजय कुमारलाई नियन्त्रणमा लिइएको रत्ननगर इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए ।

उनीहरुलाई घटनास्थलबाट चार किलोमिटर टाढा रत्ननगर–६ को आर्मी ब्यारेक नजिकबाट नियन्त्रणमा लिएर कारबाहीका लागि तयारी भइरहेको उनले बताए।

बालिकाको स्वास्थ्य परीक्षणपछि अभिभावकको जिम्मा लगाइएको र आरोपित व्यक्तिले मादक पदार्थ सेवन गरेर करणी गरेको अनुसन्धानबाट खुलेको बताइएको छ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  १० : ५७ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका