विश्वकै सर्वाधिक धनी बेजोसले लगाए पत्रिकाले 'ब्ल्याकमेल' गरेको आरोप | Khabarhub Khabarhub

विश्वकै सर्वाधिक धनी बेजोसले लगाए पत्रिकाले ‘ब्ल्याकमेल’ गरेको आरोप


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिबिसी- विश्वकै सबैभन्दा धनी व्यापारी अमेजन डटकमका संस्थापक जेफ बेजोसले आफूमाथि एक म्याग्जिनले ‘ब्ल्याकमेल’ गरेको आरोप लगाएका छन्। नेसनल इन्क्वाएरर म्याग्जिन संचालकले आफ्ना गोप्य तस्बिर छाप्ने धम्की दिँदै ब्ल्याकमेल गरी जबर्जस्ती रकम असुल्न खोजेको आरोप लगाएका हुन्।

बेजोस र उनकी श्रीमती म्याकेन्जीले गत महिना आफूहरूले सम्बन्ध विच्छेद गर्न लागेको बताएका थिए। त्यसलगत्तै म्याग्जिनले बेजोसको विवाहभन्दा बाहिरका सम्बन्धबारे लेख प्रकाशित गरेको थियो।

पछिल्लो आरोपबारे बीबीसीले सोधेको प्रश्नमाथि नेसनल इन्क्वाएरर संस्थापक कम्पनी अमेरिकन मिडिया इन्कर्पोरेटेड (एएमआई) ले कुनै प्रतिक्रिया दिइसकेको छैन।

बेजोसले बिहीबार एक ब्लग प्रकाशित गर्दै एएमआईका वकीलले पठाएका भनिएका इमेल अनलाइन राखिदिएका छन्।

ती इमेलमा बेजोसले सम्बन्ध राखिरहेको भनिएकी एक महिला र उनको अन्तरङ्ग तस्बिर छापिदिने चेतावनी दिइएको उल्लेख गरिएको छ।

बेजोस विश्कै सबैभन्दा धनी व्यक्ति हुन्।

आफूहरूबीच आदानप्रदान भएका गोप्य फोटो नेसनल इन्क्वाएररले कसरी पायो भन्नेबारेको अनुसन्धान नरोकेमा ती तस्बिरहरू सार्वजनिक गरिदिने धम्की एएमआईले दिएको बेजोसले बताएका छन्।
-बीबीसी

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  १० : ०१ बजे

काठमाडौंमा कक्षा १२ को परीक्षा केन्द्र स्वचालित विधिबाट तोकियो

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को लागि काठमाडौँ जिल्लाका

गठबन्धनमा गडबड : कांग्रेस भन्छ- नयाँ खबर सुन्न पाइन्छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सत्ता गठबन्धनमा हलचल

साताको अन्तिम नेप्से १९.५६ अंकले घट्यो

काठमाडौं– साताको अन्तिम दिन नेपाल स्टक एक्चेञ्ज (नेप्से) दोहोरो अंकले

विश्व सम्पदा दिवसको अवसरमा ‘हेरिटेज वाक’ (तस्बिरहरु)

काठमाडौं–  आज विश्व सम्पदा दिवसको अवसरमा  ‘हेरिटेज वाक’ कार्यक्रम भएको छ। 

अखाद्य तरकारी र फलफूलको आयात रोक्न माग

झापा– मेची उद्योग वाणिज्य संघले भारतबाट आयातित अखाद्य तथा गुणस्तरहीन