राष्ट्रपति भण्डारी सर्वोच्चको चियापानमा सहभागी | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारी सर्वोच्चको चियापानमा सहभागी


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्या भण्डारी कानून दिवसको अवसर पारेर सर्वोच्च अदालतद्वारा आयोजित चियापान समारोहमा सहभागी भएकी छिन् ।

राष्ट्रपति भण्डारी कानून दिवसको अवसर पारेर बिहीबार रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमा आयोजित चियापान समारोहमा सहभागी भएकी हुन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सर्वोच्च अदालतका न्यायाधिशहरुलगायतको उपस्थिति रहेको थियो ।

समारोहलाई सम्बोधन गर्दै सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौंलाले न्याय सेवालाई अझै निष्पक्ष, छिटो छरितो, सर्वसुलभ र प्रभावकारी बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । उनले स्वतन्त्र न्यायालयलाई अक्षुण राख्न पनि कानुन दिवसले हौसला प्रदान गर्ने गरेको पनि बताए । मुख्य रजिष्ट्रार निरौंलाले कानून दिवसको अवसर पारेर आयोजित चियापान समारोहमासहभागी हुनु भएकोमा राष्ट्रपति भण्डारीप्रति आभार पनि व्यक्त गरे ।

सर्वोच्च अदालतले हरेक वर्ष वैशाख २६ गते कानून दिवसको अवसर पारेर चियापान कार्यक्रम आयोजना गर्दै आएको छ । नेपालमा पहिलो पटक विक्रम संवत २००८ सालमा प्रधान न्यायालय ऐन जारी भएको थियो । त्यसमा २००९ साल बैशाख २६ गते तत्कालीन राजा त्रिभुवनले लालमोहर लगाएर कार्यान्वयनमा लगाएका थिए । सोही दिनको स्मरणमा हरेक बैशाख २६ गते कानुन दिवस मनाउने गरिन्छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ५ : ४६ बजे

गण्डकीको प्रदेशसभा बैठक बस्दै

गण्डकी– गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले पदपूर्तिका लागि ठूलो सङ्ख्यामा आवेदन माग गरेको छ।

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु