दर्शक हँसाउने ‘दाल भात तरकारी’ | Khabarhub Khabarhub

दर्शक हँसाउने ‘दाल भात तरकारी’


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्ला केही वर्षयता नेपाली चलचित्र क्षेत्र कमेडीमय बनिरहेको छ । अन्य फिल्मका तुलनामा कमेडी फिल्म व्यावसायिक रुपमा पनि सफल छन् ।

मल्टिस्टारर फिल्मले कमाइ मात्र गरेका छैनन्, उत्तिकै चर्चा पनि बटुलेका छन् । त्यही चलचित्रको सूचीमा अटाएको एउटा चलचित्र हो, दाल भात तरकारी । जुन फिल्मको नाम नै हरेक नेपालीको दैनिक खानासँग मिल्ने गरी जुराइएको छ । कमेडी जानरामा निर्माण भएको यो फिल्मलाई आम दर्शकले रुचाएका छन् ।

मनोरञ्जनको प्याकेजका रुपमा निर्माण गरिएको ‘दाल भात तरकारी’ मा मह जोडीका अलावा शिवहरि पौडेल, बसुन्धरा भुसाल, निरुता सिंह, पुष्पल खड्का, आँचल शर्मा, शिशिर वाङ्देल लगायतका कलाकारले शीर्ष भूमिकामा अभिनय गरेका छन् ।

यी कलाकारलाई चलचित्रमा हँसाउनैका लागि स्थापित गरिएको छ । फिल्मको मूल मर्म नै दर्शकलाई मनोरञ्जन दिने छ । चलचित्रको कथानक अगाडि बढ्दै जाँदा  दर्शकले मनोरञ्जन र हास्ने धेरै घटना क्रम छ । चलचित्र हेरिसक्दा दर्शक भने पात्रसँगै अगाडि बढ्छन् । फिल्मसँगै अगाडि बढ्छन् । अन्तमा विदेशिने मोह त्याग्छन् ।

चलचित्रमा त्यस्तो के छ ? जसका कारण फिल्म हेर्दा दर्शकले मनोरञ्जन लिन सक्छन् । यसबारेमा छलफल गरौँः

कमेडी कथा

प्रायः नेपाली सिनेमाको कमेडी पक्ष नेपाली दर्शकले बुझ्ने गरी प्रयोग गरिएको हुन्छ । ‘दाल भात तरकारी’ मा पनि त्यस्तै कमेडी भेटिन्छ । पात्रको अभिनयसँगै संवादले पनि दर्शकलाई हलमा हाँस्न बाध्य बनाउँछ । चलचित्रमा बारम्बार झगडा हुने एउटा परिवारको कथा लिइएको छ, तर, त्यो झगडामा पनि दर्शकलाई हाँसो लाग्छ । फिल्मको कथा द्वन्द्वसँगै अगाडि बढ्छ तर कमेडी कतै पनि छुटाइएको छैन । फिल्मलाई शुरुदेखि अन्तसम्म कमेडीामय बनाइएको छ । कमेडी स्वाद मन पराउने दर्शकका लागि यो फिल्म मनोरञ्जनको माध्यम बन्छ ।

पारिवारिक फिल्म

हास्य जनरामा बनेकाे चलचित्रलाई भद्दा बनाइएको छैन । मह जोडीका फिल्म तथा टेलिश्रङ्खला र फिल्ममा पाइने यो विशेषताबाट ‘दाल भात तरकारी’ पनि छुटेको छैन । चलचित्रलाई परिवारका सदस्यसँगै बसेर हेर्न मिल्ने एउटा मनोरञ्जनको प्याकेज बनाइएको छ । चलचित्रमा पुष्प खड्का र आँचल शर्माको चरित्रलाई ‘मोर्डन’ देखाउन खोजिएको छ । फिल्ममा यी दुईको जोडी पनि सुहाउँदो लाग्छ । फिल्ममा हँसाउनैका लागि द्वीअर्थी संवादको चाङ पनि लगाइएको छैन ।

फिल्ममार्फत सन्देश

चलचित्रले मनोरञ्जनलाई त छुटाएको छैन नै । अर्कातिर पात्रका माध्यमबाट सन्देश दिन पनि छुटाइएको छैन । लेखक हरिवंश आचार्यले फिल्मका संवादमा नेपालको राजनीति व्यवस्थामाथि कटाक्ष गरेका छन् । यस्तै विदेश जान मरिहत्ते गर्ने नेपाली समाजप्रति पनि गतिलो सन्देश दिएका छन् । फिल्म हेरेका दर्शकले कसरी सामान्य रुपमा पनि नेपाली ठगिन सक्छन् र विदेश जाने भुमरीले कसरी आम मान्छेलाई फसाउन सक्छ भन्ने बुझ्छन् । चलचित्रले नेपालमा बसेर पनि धेरै प्रगति गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । सानो भूमिकामा देखिएका मदनकृष्ण श्रेष्ठको चरित्रमार्फत विदेशमा ‘पैसा फल्ने रुख नहुने’ भन्दै नेपालमै सुन फलाउन सकिने, यहीँ लगानी गर्न सकिने सन्देश दिइएको छ ।

पात्रमा विविधता

चलचित्रका हरेक पात्रको अभिनय फरक छ । ती पात्रहरु हाम्रै समाजका हुन् कि झैँ लाग्छन् । पुष्प खड्का र आँचल शर्मालाई अहिलेका आधुनिक प्रेमी प्रेमिकाका रुपमा देख्न सकिन्छ । यस्तै हरिवंश आचार्य र निरुता सिंहको चरित्रले नेपाली समाजका त्यस्ता पात्रको प्रतिनिधित्व गरेका छन्, जो स–सानो कुरामा पनि झगडा गर्छन् । र, विदेश भनेपछि मरिहत्ते गर्छन् । हास्य चलचित्र मन पर्ने दर्शकका लागि चलचित्रमा समावेश कलाकार र चरित्र ‘फिट’ लाग्छन् ।

दमदार गीत संगीत

फिल्म ‘दाल भात तरकारी’ यसरी चर्चामा आउनुको एउटा कारण के पनि हो भने फिल्मको गीत संगीत । चलचित्रमा समावेश ‘भिजिट भिसामा’, ‘दाल भात तरकारी’ लगायतका गीत त फिल्म रिलिजअघि नै चर्चामा थिए । फिल्ममा समावेश अन्य गीतले पनि दर्शकलाई मनोरञ्जन दिन्छन् । यी गीतमा मात्र हैन, फिल्ममा समावेश पाश्र्वगीतले पनि चलचित्रमा अझ मनोरञ्जन प्रदान गर्छन् ।

अन्त्यमा…

फिल्म हेरुञ्जेल दर्शक आनन्दले रमाउन सक्छन् । हरिवंश आचार्यका प्रशंसकलाई भने यो फिल्म बढ्ता मन पर्न सक्छ । चलचित्रमा मनोरञ्जनसँगै हाँसो खोज्ने दर्शकले यो फिल्म हेर्दा पक्कै मनोरञ्जन लिन्छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  २ : ४४ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई