न्यूनतम पारिश्रमिकमा किन १ सय ५ डिग्रीको ज्वरोः मन्त्री बाँस्कोटा | Khabarhub Khabarhub

न्यूनतम पारिश्रमिकमा किन १ सय ५ डिग्रीको ज्वरोः मन्त्री बाँस्कोटा


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सबै सञ्चार माध्यमले श्रमजीवी पत्रकारलाई न्यूनतम पारिश्रमिक दिनुको विकल्प नभएको भन्दै त्यस सम्बन्धी निर्णय पुर्नविचार नहुने स्पष्ट पारेको छ ।

नेपाल पत्रकार महासंघमा मंगलबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले न्यूनतम पारिश्रमिक लागू गर्ने सर्न्दभमा सरकारले निर्णय गरिसकेकाले अब त्यसको कार्यान्वयन गरिनुको विकल्प नरहेको स्पष्ट पारेका हुन् ।

पत्रकारलाई श्रमको मुल्य देउ भन्दा अधिनायकवाद भन्नु गलत भएको भन्दै उनले प्रेस स्वतन्त्रताको नाममा श्रमको शोषण गर्ने प्रवृत्तिको अन्त्य गरेरै छाड्ने बताए ।

उनले भने ‘श्रमको मूल्य तिर्नुपर्दा शोषणका पक्षपातिहरुलाई जहिले पनि १ सय ४ होइन १ सय ५ डिग्रीको ज्वरो आउँछ । त्यो ज्वरो आइरहेको म देखिरहेको छु । हेरिरहनेछु । जुन दिनसम्म म यहाँ नेतृत्व गरिरहने छु । म व्याक हुन्न । व्याक हुनुपर्ने कुनै अपराध गरेको छैन ।’

उनले नक्कली कागजात बनाएर स्वतन्त्रताको लडाई लड्ने विषयमा सरकारलाई झुक्काउने प्रयास नगर्न पनि सचेत गराए । खास गरेर ठूला मिडिया संञ्चालकहरुप्रति निकै आक्रामक देखिएका मन्त्री बाँस्कोटाले न्यूनतम पारिश्रमिक उपलब्ध गराए/नगराएको बारेमा कडा निगरानी गरिने चेतावनी दिए ।

न्यूनतम पारिश्रमीक लागू गर्ने विषय खासमा सरकारको भन्दा पनि पत्रकार र उनीहरुसँग सरोकार राख्ने संस्थाको एजेण्डा हुनुपर्ने बताए । उनले भने ‘म सोध्नु चाहन्छु , यो मुद्दा कसको हो ? सरकारको हो या १२ हजार श्रमजीवीको ?”

आफ्नाविरुद्ध जति नै आलोचना गरेपनि त्यसको कुनै अर्थ नरहेको भन्दै उनले ‘पत्रकारलाई पारिश्रमिक देउ भन्दा अधिनायकवाद भन्नु दिउँसै रात पारे जस्तो हुने’ टिप्पणी गरे । कार्यक्रममा सहभागीहरुले न्यूनतम पारिश्रमिक लागू गर्ने सवालमा साना र ठूला मिडिया हाउसको वर्गिकरण गरेर सोही अनुसारको व्यवस्था गर्न माग गरेका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ५ : ३५ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले