एनसेलसँग ३ महिनामा कर असुल गर्न सर्वोच्च अदालतको फैसला | Khabarhub Khabarhub

एनसेलसँग ३ महिनामा कर असुल गर्न सर्वोच्च अदालतको फैसला


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सर्वोच्च अदालतले एनसेल खरिद बिक्री प्रकरणको लाभकर ३ महिनाभित्र असुल गर्नुपर्ने फैसला गरेको छ ।

एनसेल लाभकर प्रकरणमा गत माघ २३ गते गरिएको फैसलाको पूर्णपाठमा सर्वोच्चले ३ महिनाभित्र एनसेलसँग सबै कर असुल गसिसक्नुपर्ने उल्लेख गरेको छ ।

गत माघ २३ गते प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा तथा न्यायाधीशहरु मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा। आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको पूर्ण इजलाशले एनसेल खरिदबिक्रीको लाभकर बिक्रेता एनसेल र खरिदकर्ता एक्जियटाबाट असुल गर्न भनेको थियो ।

साथै एनसेलले लाभकरको दायित्व निर्वाह नगरेसम्म लाभांश वितरण र शेयर बिक्रीको अनुमति नदिन पनि सर्वोच्चले फैसलाको पूर्णपाठमा भनेको छ ।

ठूला करदाता कार्यालयले सर्वोच्च अदालतलाई बुझाएको पत्रमा एनसेलबाट जम्मा ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रुपैयाँ लाभकर असुल गर्नुपर्ने उल्लेख गरेको छ ।

जसमध्ये अहिलेसम्म पूँजीगत लाभकर वापत अग्रिम २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय रुपैयाँ र विलम्व शुल्क वापत २ अर्ब २ करोड ६२ लाख ३४ हजार ८ सय ५१ रुपैयाँ असुल भएको भन्ने बुझिन आएको सर्वोच्चले फैसलामा उल्लेख गरेको छ ।

सर्वोच्चले अहिलेसम्म असुल भइसकेको रकमलाई समेत दृष्टिगत गरी कर निर्धारण र कर असुल उपर गर्ने सम्बन्धमा आदेश जारी भएको ३ महिनाभित्र कानून बमोजिम आवश्यक निर्णय गर्न ठूला करदाता कार्यालयका नाममा फैसला सुनाएको छ ।

टेलियासोनेरा कम्पनीबाट लाभकरको ब्याजसमेत गरी ६० अर्ब ७१ करोड २५ लाख ९६ हजार ९७ रुपैयाँ गर्न बाँकी रहेको ठूला करदाता कार्यालयले सर्वोच्चमा पेश गरेको पत्रमा उल्लेख छ ।

तत्कालीन एनसेल प्रालिको सेयरहोल्डरमध्येको एक रिनोल्ड्स होल्डिङ्स लिमिटेड, एनसेल प्रालि, पूर्वसचिव द्वारिकानाथ ढुंगेलसहित ५ जना र अधिवक्ता भवेश गौतमसमेत २ जनाले दायर गरेको ४ वटा छुट्टाछुट्टै रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्चले माघ २३ मा परमादेश जारी गरेको थियो ।

सर्वोच्चले एनसेल कर विवाद प्रकरणका ३ वटा रिट निवेदन खारेज गर्ने फैसला गरेको थियो भने भने पूर्वसचिव द्वारिकानाथ ढुंगेलसहित ५ जनाले दायर गरेको सार्वजनिक सरोकारको रिटमा एनसेल र एक्जियटाबाट लाभकर असुल गर्न परमादेश जारी गरेको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ४ : ०७ बजे

सवारी दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते

कास्की– पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा आठजना चिनियाँ पर्यटक

सुदूरपश्चिममा सरकारमा दाबी गर्न दिएको समय आज सकिँदै

धनगढी– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ मुख्यमन्त्री दाबी

लगानी सम्मेलन : हात्ती आयो फुस्सा !

काठमाडौं– सरकारले आगामी वैशाख १६ र १७ गते ‘नेपाल इन्भेष्टमेन्ट

सार्वजनिक पदमा रहेकाले सामुदायिक विद्यालयमा सन्तान पढाउनुपर्ने

गोरखा– गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना

व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै

हुम्ला– रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको