मलेसियाको रोजगारी खुलेको एक हप्तासम्म परेन एउटा पनि कलिङ भिसाको आवेदन | Khabarhub Khabarhub

मलेसियाको रोजगारी खुलेको एक हप्तासम्म परेन एउटा पनि कलिङ भिसाको आवेदन


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबारदेखि मलेसियाका लागि कलिङ भिसा लागेका कामदारको हकमा श्रम स्वीकृति वितरण खुल्ला गरेको थियो ।

गत जेठ महिनादेखि बन्द भएको मलेसिया (कलिङ भिसा लागेका श्रमिक मात्र) जान पाउने गरी गत सोमबारदेखि श्रम स्वीकृति जारी गर्न मन्त्रालयले सम्बन्धीत निकायलाई पत्राचार गरेको थियो ।

मलेसिया जानका लागि कलिङ लागेका कामदार हकमा अन्तिम श्रम स्वीकृति खुलेपनि कुनै पनि श्रमिकले आवेदन नदिएको ताहाचलस्थित श्रम कार्यालयले जनाएको छ ।

वैदेशिक रोजगार विभागले कलिङ भिसा लागेका कामदारलाई अन्तिम श्रम स्वीकृति वितरण गर्ने पत्रचार गरेपनि मंगलबारसम्म एक जना श्रमिक कलिङ भिसाका लागि आवेदन दिन नआएको ताहाचलस्थित श्रम कार्यालय प्रमुख देवेन्द्र कार्कीले जानकारी दिए । कार्यालयले गत सोमबारदेखि कलिङ भिसा लागेको कामदारलाई अन्तिम श्रम स्वीकृति वितरण गर्नका लागि सम्बन्धित निकायमा सूचित गराएपनि हालसम्म एउटा आवेदन नपरेको उनको भनाइ छ ।

विभागले श्रमिकलाई अन्तिम श्रम स्विकृतिका लागि सहजीकरण गर्न भन्दै वैदेशिक रोजगार व्यवसायी संघ र श्रम कार्यालय ताहाचललाई आइतबार पत्राचार गरेको थियो । सोमबारदेखि नै कलिङ भिसाका लागि श्रम स्वीकृति जारी गर्ने भनिएपनि कामदार र म्यानपावर व्यवसायीले नै आवेदन लिएर नआएको कार्यालयले जानकारी दिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सूरक्षा मन्त्री गोर्कण विष्टले मलेसिया जाने कामदारमाथि संस्था नै खडा गरि विभिन्न शीर्षकमा आर्थिक ठगीमा संग्लन संस्था खारेज गराएका थिए । त्यसअघि नै कलिङ भिसा लागेको करिब ७ हजारभन्दा धेरै कामदार मलेसिया जानबाट बञ्चित भएको वैदेशिक रोजगार व्यवसायीहरुले बताउँदै आएको थिए ।

कलिङ भिसा लागेका श्रमिक धेरै त अन्य देश रोजगारीमा गइसकेको हुनसक्ने वैदेशिक रोजगार व्यवसायी संघको अनुमान छ । जसका कारण पनि श्रम स्वीकृतिका लागि आवेदन दिन नआएको उनीहरुको भनाइ छ ।

डिमाण्डभन्दा हल्ला धेरै

गत जेठ २ गतेदेखि मलेसियाको रोजगारी बन्द भएसँगै रोजगार व्यवसायीले ८ हजारभन्दा धेरै कलिङ भिसा लागेका कामदारको रोजगारी गुमेको भन्दै तत्काल मलेसिया रोजगारीका लागि खुलाउन सरकारसँग माग गदै आएका थिए ।

श्रम मन्त्रालयले गत कात्तिकमा मलेसिया सरकारसँग सरकारीस्तरमा श्रम सम्झौता गरेपछि रोजगार व्यवसायीसँग कलिङ भिसा लागेका कामदारको विवरण मागेको थियो । तर, व्यवसायीले यर्थात विवरण मन्त्रालयमा बुझाउन सकेका थिएनन् ।

कलिङ भिसाका विषयमा व्यवसायीले धेरै हल्ला मात्र गरेको श्रम मन्त्रालयको बुझाइ छ । कलिङ भिसा करिब ३ हजारको मात्र लागेको हुन सक्ने श्रम मन्त्रालयको अनुमान छ । श्रम मन्त्रालयले पटक पटक कलिङ भिसाको विवरण माग्दा पनि व्यवसायीले वास्तविक विवरण नबुझाएपछि मन्त्रालयले थोरै संख्या मात्र कलिङ भिसा लागेका कामदार भएको जानएको छ ।

कतिपयको कलिङ भिसाको म्याद पनि सकिएको छ । तर, जेठ २ गतेअघि भिसा लागेका श्रमिकहरुलाई मलेसिया जान समस्या नहुने गरी श्रम मन्त्रालयले मलेसियासँग समझदारी गरेको छ । जसका कारण कलिङ भिसा लागेका कामदारलाई समस्या नहुने श्रम मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  १२ : ३० बजे

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।