गुटबन्दीका कारण कांग्रेसको भविष्य संकटमा– डा. शेखर कोइराला | Khabarhub Khabarhub

गुटबन्दीका कारण कांग्रेसको भविष्य संकटमा– डा. शेखर कोइराला


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

गाइघाट– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले नेपाली कांग्रेसभित्र चरम गुटबन्दी भइरहेका कारण पार्टीको भविष्य सङ्टकमा परेको बताएका छन् ।

उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित गिरिजाप्रसाद कोइराला फाउण्डेशन (जिपी फाउण्डेशन) को नयाँ कार्यालय स्थापनाको अवसरमा डा. कोइरालाले पार्टीको मूल नेतृत्वकर्ताहरु नै अहिले विभिन्न गुटउपगुटमा लागेका कारण केन्द्रदेखि जिल्ला–जिल्लासम्म कांग्रेस साह्रै कमजोर बन्ने अवस्था आएको बताए ।

केन्द्रीय सदस्य कोइरालाले हिजो पार्टीका संस्थापक नेता विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले देखाएको बाटोहरु बिर्सेर आज कांग्रेस नेतृत्वमा रहेकाहरु एक्लाएक्लै हिँड्न खोज्दा पार्टी कमजोर बन्न पुगेको जिकिर गरे ।

अहिलेको जस्तो अवस्था रहिरहे आगामी दिनमा कांग्रेसको भविष्य सङ्कटमा पर्ने र देश नै अराजकतर्फ जाने धारणासमेत नेता कोइरालाको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ११ : १६ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०