तीर्थ र कान्छीमायाले जिते धरान रनको उपाधि | Khabarhub Khabarhub

तीर्थ र कान्छीमायाले जिते धरान रनको उपाधि


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान– विगत ७ वर्षदेखि नियमित हुँदै आएको ‘धरान रन’ २०१९ को उपाधि पुरुषतर्फ तीर्थ पुन र महिलातर्फ कान्छीमाया कोजुले जितेका छन् ।

धरानको तीनकुनेस्थित श्रीजंगा शालिकबाट शुरु भएको १० किलोमिटर लामो दुरीको दौड ३१ मिनेट १६ सेकेण्डमा पूरा गर्दै पुरुषतर्फ पुन विजयी भए । महिलातर्फकी विजेता कोजुले ३७ मिनेट ४७ सेकेण्डमा दौड पूरा गरिन् ।

गत वर्ष पनि महिलातर्फको उपाधि कोजुले जितेकी थिइन् । पुनको भने यो चौथो जीत हो ।

पर्वतका अनिष थापा ३१ मिनेट २२ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भए भने नेपाल आर्मीका गजेन्द्र राई ३१ मिनेट ३५ सेकेन्डमा दौड पूरा गरेर तेस्रो भए ।

महिलातर्फ दादिङकी सन्तोषी श्रेष्ठ ३८ मिनेट १८ सेकेन्डमा दौड पूरा गरेर दोस्रो भइन् भने ३८ मिनेट ४७ सेकेन्डमा दौड पूरा गर्दै एपीएफकी पुष्पा भण्डारी तेस्रो भइन् ।

खुला समूहअन्तर्गत पुरुष र महिलातर्फ प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश, ४०, ३० र २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा १६ वर्षमुनिको उमेर समूहमा फुरुषतर्फ जुम्लाका नरेश बुढा प्रथम भए भने महिलातर्फ झापा दमककी मनिषा राईले जीत हात पारिन् ।

१२ वर्षमुनि उमेर समूहको फुरुषतर्फ रोदन राई प्रथम हुँदा महिलातर्फ स्मृति राईले बाजी मारिन् ।

भेट्रान पुरुषतर्फ धर्म महर्जन प्रथम हुँदा महिलातर्फ रितादेवी राईले जीत हात पारिन् ।

उमेर समूहमा प्रथम हुनेले ७ हजार, दोस्रो हुनेले ५ हजार र तेस्रो हुनेले ३ हजार नगदसहित प्रमाणपत्र पाएका थिए ।

धरान रन कार्यक्रमलाई आरती स्ट्रिप्स प्राली, प्रभु बैंक, यति फलोरिङ्ग, नेपाल टेलिकम लगायतले प्रायोजन गरेका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ९ : २२ बजे

काठमाडौं– सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने

‘बजेट ल्याएर निजी क्षेत्रको मनोबल उठाउँछु’- अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन

मोहन वैद्य र सन्तबहादुरबीच पार्टी एकता गर्ने सहमति

काठमाडौं– मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र सन्तबहादुर

मोदी र गान्धीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीको

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ