तातोपानी कुण्डमा नुहाएपछि देउवाले भने– सरकार विरुद्ध आन्दोलन गर्छौं | Khabarhub Khabarhub

तातोपानी कुण्डमा नुहाएपछि देउवाले भने– सरकार विरुद्ध आन्दोलन गर्छौं


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई आफ्नो कार्यशैली सुधार गर्न सुझाव दिएका छन् ।

नेपाली काङ्ग्रेस म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको बीपी स्मृति कार्यालय भवनको उद्घाटन कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिए । संसदीय व्यवस्था, प्रजातान्त्रिक अधिकारमा हस्तक्षेप गरेको र सुशासन तथा सुरक्षा कायम गर्न सरकार असफल बन्दै गएको उनको आरोप थियो ।

“राणा, पञ्चायत र राजा फाल्न जस्तै कम्युनिष्टका विरुद्ध पनि आन्दोलन गर्नुपर्ने अवस्था आयो”, सभापति देउवाले भने । दुई तिहाई बहुमत भए पनि सरकारले खासै काम गर्न नसकेको टिप्पणी गरे ।

बेनी नगरपालिका–४ स्थित प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा स्नान गरेपछि सभापति देउवाले सडक सुविधा र व्यवस्थापनमा ध्यान दिन सकेमा तातोपानी कुण्डको स्वास्थ्य उपचार केन्द्रका रुपमा विकास हुने बताए ।

काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले शुक्रबार सिके राउतसँग गरेको सम्झौता अधुरो र अस्पष्ट भएको टिप्पणी गरे । सम्झौतामा उल्लेखित जनमत भन्ने शब्दका कारण शङ्का पैदा गरेको नेता पौडेलले बताए ।

पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विकास र शासन गर्ने क्षमता नभएको आरोप लगाए ।  वाइड बडी, सुनकाण्ड जस्ता अर्बाैँ रुपैयाँको भ्रष्टाचारको तथ्य बाहिरिँदासमेत सरकारले बेवास्ता गरेर भ्रष्टाचारी र अपराधीलाई संरक्षण गर्न खोजेको पौडेलकाे भनाइ थियो ।

भापति देउवाप्रति लक्षित गर्दै पौडेलले कम्युनिष्टको असफलतामा काङ्ग्रेसको भविष्य नदेख्न अनुरोध गरे । पार्टी भित्रको विवादलाई पारदर्शी ढङ्गले हल गरेर आन्तरिक एकतालाई बलियो बनाउन चाहेको उनको भनाइ थियो ।

काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक वर्षमै सरकारले जनविश्वास गुमाइसकेकाले काङ्ग्रेसले आन्तरिक एकतालाई बलियो बनाएर देशको राजनीतिको नेतृत्व गर्नुपर्ने बताए ।

बेनीको सङ्गमचोकमा निर्माण गरिएको दुईतले भवनको सभापति देउवा र वरिष्ठ नेता पौडेलले संयुक्त रुपमा उद्घाटन गरेका थिए । रु ५१ लाख ३७ हजारमा खरीद गरिएको जग्गामा रु २९ लाख ५९ हजारको लागतमा सो भवन निर्माण गरिएको काङ्ग्रेस म्याग्दीका कोषाध्यक्ष टङ्क हमालले जानकारी दिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ८ : ४४ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०