दुई दिनदेखि भेनेजुएलामा विद्युत आपूर्ति बन्द, विपक्षीले गराएको सरकारको आरोप | Khabarhub Khabarhub

दुई दिनदेखि भेनेजुएलामा विद्युत आपूर्ति बन्द, विपक्षीले गराएको सरकारको आरोप


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– राजनीतिक संकटको दलदलमा फसेको भेनेजुएलामा विद्युत आपूर्ति शुक्रबार पनि बन्द रह्यो । भेनेजुएलामा विद्युत आपूर्ति बन्द हुँदा राजधानी कराकस तथा अन्य विभिन्न शहरका बासिन्दाले शुक्रबरको रात पनि अध्यारोमा बिताए ।

विद्युत आपूर्ति बन्द हुँदा भेनेजुएलाका दशौँ लाख जनता प्रभावित बनेको बताइएको छ ।

सरकारले मुलुकको सबैभन्दा ठूलो जलविद्युत परियोजनामा गडबडी हुँदा विद्युत आपूर्ति बन्द भएको जनाएको छ ।

त्यसअघि बिहीबारको रात पनि भेनेजुएलामा विद्युत आपूर्ति बन्द रहेको थियो ।

भेनेजुएलाको सरकारले भने सरकार गिराउन चाहने विपक्षीले विद्युत आपूर्ति बन्द गराएको आरोप लगाएको छ ।

यता आफूले आफैँलाई राष्ट्रपति घोषणा गरेका भेनेजुएलाका विपक्षी नेता हुँआ गुआइदोले भने मुलुकमा विद्युत आपूर्ति बन्द हुनुमा निकोलस मादुरोको सरकार जिम्मेवार रहेको आरोप लगाएका छन् ।

पछिल्लो २० वर्षयता समाजवादी सरकार रहेको भेनेजुएलामा भएको यो सबैभन्दा लामो विद्युत संकट हो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  १० : १० बजे

आज चैते दसैँ पर्व मनाइँदै

काठमाडौँ– आज चैते दसैँ पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हिन्दु

आज सेतो मछिन्द्रनाथको रथयात्रा सुरु हुँदै

काठमाडौँ– वर्षा र सहकालका देवता सेतो मछिन्द्रनाथको रथयात्रा आज सुरु

संघीय संसदका ७ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद्अन्तर्गतका विभिन्न सातवटा संसदीय समितिका बैठक आज बस्दै

नेपाल प्रहरीका जोशी र ढकाल एआईजी बढुवामा सिफारिस

काठमाडौँ– नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा सिफारिस भएका छन् ।

बास्केटबलमा एनबिए र सिकागो बुल्सको लोकप्रियता

‘सिकागो बुल्स’ खेलकुदको एउटा ब्रान्ड हो। सन् १९९० र सन्