रौतहट पुगेर प्रचण्डले भने– नेकपा मधेश विरोधी होइन | Khabarhub Khabarhub

रौतहट पुगेर प्रचण्डले भने– नेकपा मधेश विरोधी होइन


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो पार्टी मधेश विरोधी नभएको स्पष्ट पारेका छन् ।

नेकपा प्रदेश नम्बर दुईले रौतहटमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले केहीले आफ्ना पार्टीलाई मधेश विरोधी भनेको भएपनि त्यसमा सत्यता नभएको बताए ।

‘कतिपयले हाम्रो पार्टीलाई र पार्टीका कतिपय नेतालाई मधेश विरोधी नेताको रुपमा आरोप लगाएका छन्,’ प्रचण्डले भने ‘पृथकतावादको कुरा गर्नेलाई पनि हामीले शान्तिपूर्ण रुपमा मूलधारमा ल्याएका छौं ।’

सबै जाती, समुदाय, क्षेत्रका विषयमा नेकपा संवेदनशील भएको प्रचण्डले बताए ।

उनले नेकपाले हिमाल, पहाड, तराईका जनतालाई समान रुपमा एकतावद्धता गर्ने प्रतिवद्धता व्यक्त गरे ।

दुईवटा कम्युनिस्ट पार्टी मिलेर ठूलो पार्टी बनेको भन्दै प्रचण्डले नेकपाले जनताको समस्या समाधान गर्ने बताए ।

पार्टी एकताको केही काम बाँकी रहेको भन्दै प्रचण्डले केही दिनमा त्यसलाई पूरा गर्ने दाबी गरे । ‘केही दिन भित्रमा नै पार्टी एकतालाई तलसम्म सकेर राष्ट्रव्यापी अभियानमा आउने छौं’ प्रचण्डले भने ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ६ : ३९ बजे

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको