रक्षामन्त्रीको आरोप– विदेशी शक्तिले केही नेतालाई बोलाएर प्रशिक्षण दिइरहेका छन् | Khabarhub Khabarhub

रक्षामन्त्रीको आरोप– विदेशी शक्तिले केही नेतालाई बोलाएर प्रशिक्षण दिइरहेका छन्


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकमा द्वन्द्वको खेती गर्नेहरु विफल बन्दै गएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) झापाले शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा रक्षामन्त्री पोखरेलले भने, “मुलुकमा द्वन्द्वको खेती गरेर अस्थिरता मच्चाउने र सरकारलाई कमजोर बनाउने शक्तिहरु विफल बन्दै गएका छन् ।”

विदेशी शक्तिले केही पार्टीका नेतालाई आफ्नो देशमा बोलाएर प्रशिक्षण दिने र अस्थिरता सिर्जना गर्ने गतिविधि भइरहेको उनले बताए । “द्वन्द्वकाल अघिपछिका मुद्दा उठाएर पार्टी र सरकारलाई कमजोर बनाउने प्रयास भइरहेको छ”, उनले भने, “त्यसो चालबाजी हामीलाई थाहा छ, देशका सबै समस्या समधान गर्न सरकार समक्ष छ ।”

भर्खरै सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको चर्चा गर्दै उनले यसले मुलुक निर्माणमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गरे । आगामी आर्थिक वर्षमा वृद्ध भत्ता ५ हजार रुपैयाँ बनाइने बताउँदै रक्षामन्त्री पोखरेलले भने, “नेकपाले चुनावताका गरेका घोषणा पूरा गर्छ ।”

हाल समृद्धिको जग बसाउने काम भइरहेकाले आगामी दिनमा समृद्धिको यात्राले क्रमशः पूर्णता पाउँदै जाने उनको भनाइ थियो । मुलुकको दुई ठूला कम्युनिष्ट पार्टी बीचको एकता कम्युनिष्टको विरोध गर्ने शक्तिको टाउको दुखाइको विषय बनेको उनले बताए ।

“कम्युनिष्टबीचको एकता अहिले टाउको दुखाइको विषय बनेको छ”, उनले भने, “केही स्वार्थपरक तत्व एकतामा भाँजो हाल्न लागि परेका छन् । त्यो असफल हुने निश्चित छ ।”

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ६ : ०६ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६