सीके राउतसँगको सहमति देश टुक्रयाउन चाहनेहरु विरुद्ध–पौडेल « Khabarhub

सीके राउतसँगको सहमति देश टुक्रयाउन चाहनेहरु विरुद्ध–पौडेल


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले सीके राउत र सरकारबीचको सहमतिले नेपाल शान्ति र समृृद्धिको बाटोमा अगाडि बढेको सन्देश दिएको बताएका छन् ।

सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था बुटवलको तेस्रो अधिवेशनको आज उद्घाटन गर्दै पौडेलले सीकेसँगको सहमतिले नेपाललाई विखण्डनको चाहना राख्नेलाई कडा चोट दिएको बताए ।

“राउत र सरकारबीचको सहमतिले नेपाललाई टुक्रयाउन चाहनेलाई करारी चोट दिएको छ”, उनले भने “अब नेपाललाई विखण्डन गर्ने सपना कसैले नदेखे हुन्छ । ”

महासचिव पौडेलले नेपाल एक स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न अभिवाज्य राष्ट्र भएकाले यसको रक्षा गर्नु सबैको कर्तव्य भएको बताए ।
उनले भने, “राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्देश्य प्राप्तिका निम्ति शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाट अघि बढन सहमत छु भनेर राउतले हस्ताक्षर गरेका छन् ।”

‘छुटै मधेश’ हुनुपर्ने भन्दै पृथकतावादी गतिविधि गरिरहेका राउतसँग सरकारले चरणबद्ध वार्ता गरेर सहमतिमा ल्याएको पौडेलको भनाइ थियो । “नेपाल एउटै राज्य हो, यसलाई खण्डित गर्ने कुरा कदापि सफल हुदैन”, उनले भने“सबैले नेपाली जनताको सार्वभौम अधिकारको सम्मान गर्नुपर्छ ।”

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  २ : २५ बजे

जर्मनीमा चार बर्षीया बालिकामा पनि मङ्कीपक्स सङ्क्रमण

काठमाडौँ- युरोपेली मुलुक जर्मनीमा बच्चामा पनि मङ्कीपक्सको सङ्क्रमण भेटिएको पाइएको

एकै परिवारका ३ जना मृत फेला

धनगढी – बझाङको बुङ्गल नगरपालिका-९ रारुमा आमा, छोरा र छोरी

 ‘मूल्य वृद्धिमा सरकारको ध्यान पुग्न सकेन’

काठमाडौँ– राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले जनताको ढाड सेक्ने गरी दैनिक

‘आयोजना नसकिँदासम्म प्रमुख बदल्नु हुँदैन’

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशकुमार तिमिल्सिनाले राष्ट्रिय गौरवको आयोजना समयमै सकाउन

अछाममा शिक्षा क्षेत्रका लागि डेढ अर्बभन्दा बढी बजेट

अछाम– अछामका १० वटा पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाले