भ्रमण वर्षको स्वागतका लागि भरतपुर विमानस्थलमा भव्य तयारी | Khabarhub Khabarhub

भ्रमण वर्षको स्वागतका लागि भरतपुर विमानस्थलमा भव्य तयारी


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- केही दिनदेखि बन्द रहेको भरतपुर विमानस्थल बुधबारदेखि नियमित सञ्चालनमा आउने भएको छ ।

विमानस्थलको धावनमार्ग र पार्किङ क्षेत्रमा कालोपत्र माथि मर्मत सम्भारसँगै अर्को एक तह थप्नका लागि यही मङ्सिर १५ गतेदेखि १० दिनका लागि विमानस्थल बन्द गरिएको छ ।

विमानस्थलका प्रमुख पवनकुमार गौतमका अनुसार विमानस्थलको प्रवेशद्वार अगाडि ठूलो अक्षरमा लोगो र भ्रमण वर्ष २०२० अङ्ग्रेजी अक्षरमा लेखिएको छ । सँगै नौ वटा झण्डा फहराइएको छ । बीचमा राष्ट्रिय झण्डा, छेउछेउमा दुई वटा भ्रमण वर्ष अङ्कित झण्डा र अरु विभिन्न रङका झण्डा फहराएर सुन्दर बनाइएको छ ।

गौतमका अनुसार चितवनका पाँच र नवलपुरका दुई रोटरी क्लबले नफुट्ने सिसामा चितवन र आसपासका क्षेत्रका पर्यटकीय गन्तव्य देख्ने गरी आकर्षक ‘होर्डिङ बोर्ड’ राख्ने भएका छन् । विमानस्थलभित्र यहाँका पर्यटकीय गन्तव्य र दुर्लभ वन्यजन्तुका चित्र निर्माण गर्ने तयारी गरिएको छ ।

गौतमले भने, “नयाँ रङरोगनसहितको धावनमार्ग र जहाजबाट झर्नासाथ भ्रमण वर्षको स्वागतले जो कोहीलाई आकर्षित बनाउनेछ ।” चितवन तेस्रो पर्यटकीय गन्तव्य हो । वर्षेनी दुई लाख हाराहारी पर्यटक यहाँ आउने गर्दछन् । भ्रमण वर्षमा यो सङ्ख्या दोब्बर बनाउने लक्ष्य रहेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  १० : ०१ बजे

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै

सातामा ९.२१ अंकले घट्यो नेप्से, कुन दिन कस्तो थियो बजार ?

काठमाडौं– यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२१ अंकले घटेको छ

फेरि फिल्ममा अभिनय गर्दै ऋषि धमला

काठमाडौं– विभिन्न विषयमा चर्चामा आइरहने पत्रकार ऋषि धमला पुनः फिल्ममा