भ्रमण वर्षलाई सहयोग गर्ने वायुसेवा सञ्चालकको प्रतिबद्धता | Khabarhub Khabarhub

भ्रमण वर्षलाई सहयोग गर्ने वायुसेवा सञ्चालकको प्रतिबद्धता


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हवाई यातायात व्यवसायीको छाता सङ्गठन वायुसेवा सञ्चालक संघले नेपाल भ्रमण वर्ष–२०२० अभियानलाई सफल बनाउन सक्रिय सहयोगको प्रतिबद्धता जनाएको छ ।

संघ र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईबीच आज सिंहदरबारमा भएको छलफलमा संघका पदाधिकारीले उक्त प्रतिबद्धता जनाएका हुन् ।

मन्त्री भट्टराईले महत्वपूर्ण पर्यटकीय पूर्वाधारका रुपमा रहेको हवाई क्षेत्रको भ्रमण वर्षलाई फलदायी बनाउन महत्वपूर्ण भूमिका हुने भन्दै भ्रमण वर्षलाई सफल बनाउन आग्रह गरेका थिए ।

मन्त्रीको सहयोगको आह्वानप्रति प्रतिबद्धता जनाउँदै वायुसेवा सञ्चालकले सहयोग र सक्रिय सहभागिता जनाउने प्रतिबद्धता जनाएका उनको सचिवालयले जनाएको छ ।

पर्यटनमन्त्री र संघका पदाधिकारीबीचको छलफलमा वायुसेवा सञ्चालकले आफ्ना सरोकार र समस्यासमेत राख्दै सहयोग तथा सहभागिताको प्रतिबद्धता जनाएका थिए । छलफलमा मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० को तयारीका विषयमा जानकारी दिँदै यसलाई सफल बनाउन वायुसेवा सञ्चालककातर्फबाट हुनुपर्ने सहयोग र मन्त्रालयका अपेक्षाबारेमा धारणा राखेका थिए ।

मन्त्री भट्टराईले वायुसेवा सञ्चालकलाई नेपाल भ्रमण वर्षका सन्दर्भमा विशेष छुट, प्याकेजलगायतका कार्यक्रम बनाउन आग्रह गरेका थिए ।

यसैगरी उनले भ्रमण वर्षको उद्घाटनमा ‘एयर सो’ लगायतका सिर्जनात्मक सहयोग गर्नका लागि अनुरोध गरेका थिए । संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले भ्रमण वर्षलाई सफल बनाउन वायुसेवा सञ्चालककातर्फबाट सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

उनले भ्रमण वर्ष अवधिभर निषेधित क्षेत्रमा हेलिकप्टर कम्पनीलाई निर्वाध सेवा सञ्चालन गर्न अनुमति दिनुपर्ने मागसमेत राखेका थिए । यसैगरी काठमाडौँदेखि रामेछापसम्मको सडक स्तरोन्नतिका लागि अनुरोध गरे ।

संघका सदस्य निमानुरु शेर्पा, हेली एभरेष्ट प्रालीका योगराज कँडेल शर्मालगायतले भ्रमण वर्षलाई सफल बनाउन वायुसेवा कम्पनीको सहयोग रहने बताएका थिए ।

विदेशी विशिष्ट व्यक्तित्व र सेलीब्रेटीलाई छुट दिने विषयमा पनि छलफल भएको थियो । यसका विषयमा ठोस कार्ययोजना तयार पार्नका लागि नेपाल भ्रमण वर्ष–२०२० को सचिवालय, पर्यटन बोर्ड र वायुसेवा सञ्चालक संघ, नेपाल रहेको समिति पनि बनाइएको छ ।

छलफलमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, नेपाल भ्रमण वर्ष–२०२० को सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठलगायत सहभागी भएका थिए ।

पछिल्लो एक सातायता मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० का विषयमा छलफललाई तीव्र बनाएका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ७ : १३ बजे

एक जना मन्त्री सहित सरकार विस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

कर्णाली– सत्ता साझेदार दलको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका यामलाल

विपक्षीले अपव्याख्या गरे, हाम्रो सरकार २०८४ सम्म जान्छ : खगराज अधिकारी

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेकपा (एमाले) बाट लाभका

उपनिर्वाचनको आज प्रचार प्रसारको अन्तिम दिन

इलाम– इलाम क्षेत्र नम्बर-२ मा वैशाख १५ मा हुने उपनिर्वाचनका

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित 

वासिङ्टन– अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल

नेपाल र कतारबीच विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारी भएको छ