दक्षिण अफ्रिकाकी तुन्जी बनिन् 'मिस युनिभर्स' | Khabarhub Khabarhub

दक्षिण अफ्रिकाकी तुन्जी बनिन् ‘मिस युनिभर्स’


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – विश्व सुन्दरी प्रतियोगिताको फिनालेमा मिस युनिभर्सको ताज २६ वर्षीया जोजिबीनी तुन्जीले मिस युनिभर्सको उपाधि जितेकी छिन् ।

जर्जियाको एटलान्टामा आइतबार सम्पन्न प्रतियोगितामा दक्षिण अफ्रिकी सुन्दरीले मिस युनिभर्सको ताज जितेकी हुन् ।

उनले महिला सशक्तीकरणका विषयमा प्रस्तुति दिएकी थिइन् । उनले आफ्नो भाषणमा युवापुस्तालाई आत्मविश्वास बनाउनुपर्ने धारणा राखेकी थिइन् ।

उनले भनिन्, ‘म यस्तो संसारमा हुर्केँ कि, जहाँ मेरो छाला र कपालको बनावट भएकी महिलालाई कहिल्यै सुन्दर मानिँदैन, तर अब यस्तो समय नरहेको मलाई लाग्छ ।’

उनले ९० प्रतिस्पर्धीलाई हराएर मिस युनिभर्सको ताज पहिरिइन् । उनलाई फिलिपिन्सकी क्याट्रीओना ग्रेले ताज पहिराइदिइन् ।

ग्रे सन् २०१८ की मिर्स युनिभर्स विजेता हुन् ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ३ : ३७ बजे

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा– ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको