महिला फुटबल– फाइनल खेलमा भारतसँग स्तब्ध भयो नेपाल | Khabarhub Khabarhub
Logo
६ माघ २०७६, सोमबार

महिला फुटबल– फाइनल खेलमा भारतसँग स्तब्ध भयो नेपाल



काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपाली महिला टोली फाइनलमा भारतसँग पराजित भएको छ ।

पोखरा रंगशालामा भएको खेलमा नेपाली टोली २–० गोल अन्तरले पराजित हुँदै रजत पदकमा सीमित भयो ।

नेपालविरुद्ध भारतकी एनजी बालादेवीले गोल गरिन् । उनले खेलमा १७ औं र ५५ औं मिनेटमा भातरका लागि गोल गरेकी हुन् ।

यसअघि नेपाली खेलाडीले फागुनमा भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा पराजय भोग्नु परेको थियो ।

घरेलु मैदानमा भएको सागमा भारतलाई हराउँदै स्वर्ण जित्ने नेपाली खेलाडीको सपना अधुरो रहेको छ ।


भर्खर

0