महोत्तरी डिभिजन वन कार्यालयमा फेला परेको बम निस्क्रिय गरियो | Khabarhub Khabarhub

महोत्तरी डिभिजन वन कार्यालयमा फेला परेको बम निस्क्रिय गरियो


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–२ मा अवस्थित डिभिजन वन कार्यालयको प्राङ्गणभित्र फेला परेको बम आज बिहान निस्क्रिय गरिएको छ ।

आइतबार साँझ वन कार्यालयको हाताभित्र पार्किङ गरी राखिएको चारपाङ्ग्रे गाडीमुनि झोलाभित्र फेला परेको प्रेसरकुकर बम बिहान साढे १० बजेतिर नेपाली सेनाको बम टोलीले निस्क्रिय गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

नेपाली सेनाको रणभीम गणको टोलीले चौरमा ल्याएर सो ठाउँमा खाल्डो खनेर, चारैतिरबाट बोरामा बालुवा राखी घेरेर सुरक्षितपूर्वक निस्क्रिय गरेको तथा कुनै पनि मानविय र भौतिक क्षति नभएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ११ : ३५ बजे

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा