नेकपा सचिवालय बैठक बस्दै, उपनिर्वाचनको रिपोर्टमाथि छलफल हुने | Khabarhub Khabarhub

नेकपा सचिवालय बैठक बस्दै, उपनिर्वाचनको रिपोर्टमाथि छलफल हुने


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमबार बस्ने भएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषय तथा उपनिर्वाचनको समीक्षात्मक रिपोर्टमाथि छलफल हुने कार्यतालिका रहेको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

सचिवालयकै निर्देशन अनुरुप आइतबार उपचुनावको समीक्षात्मक रिपोर्ट पार्टी मुख्यालय पुर्‍याइएको थियो ।

मंसिर १८ गते अध्यक्ष पुष्पकमल दाहाल ‘पचण्ड’को अध्यक्षतामा बसेको सचिवालय बैठकको निर्देशन अनुसार मंसिर १४ गते उपचुनाव भएका ५२ स्थानकै रिपोर्ट आइतबार पार्टी मुख्यालय पुर्‍याइएको हो ।

उपचुनाव भएका ३७ जिल्लाका ५२ स्थानकै रिपोर्ट नेकपा पार्टी कार्यालयमा आइसकेको छ।

समीक्षा रिपोर्टमा कतिपय नसोचेको स्थानमा नेकपाले जितेको तथा गढ मानिएकै ठाउँमा नेकपाले पराजय भोगेको विषयलाइ समेटिएको छ ।

नेकपा नेतृत्वले भक्तपुर प्रदेशसभा र धरान उपमहानगरपालिकाको मेयर पदको चुनावको पराजयलाई ठूलो असफलताको रुपमा लिएको छ।

दुई ठाउँ चुनावमा पराजय भोगेपछि सचिवालय बैठकले दिएको निर्देशन बमोजिम सबै रिपोर्ट केन्द्रमा आइसकेपछि सोमबार नेकपा सचिवालय बैठक बोलाइएको हो।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ५ : ५६ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०