सेलिब्रेटीले हेरे 'घामड शेरे', माग्ने बूढाले भने - मेरो पनि खेत खोलाले बगाएको थियो | Khabarhub Khabarhub

सेलिब्रेटीले हेरे ‘घामड शेरे’, माग्ने बूढाले भने – मेरो पनि खेत खोलाले बगाएको थियो


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामाजिक कथामा निर्माण भएको चलचित्र ‘घामड शेरे’ को प्रिमियर शो बिहीवार सम्पन्न भएको छ । भक्तपुरको राधे राधेमा हालै सञ्चालनमा आएको क्युएफएक्स हलमा चलचित्रको विशेष शो राखिएको थियो ।

निश्चल बस्नेत र स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको यो चलचित्रले सामाजिक मुद्दा उठाएको छ । विदेशबाट फर्केर गाउँमै केही गरौँ भनेर लागिपरेको शेरेले किनेको खेत खोलाले बगाएपछि आएका आरोह अवरोह चलचित्रमा देखाइएको छ ।

शेरेको भूमिकामा निश्चल बस्नेतले अभिनय गरेका छन् । यस्तै चलचित्रमा स्वस्तिमा खड्का सालीको भूमिकामा छिन् ।

राजधानीमा सम्पन्न भएको प्रिमियर शो पछि सेलिब्रेटीले चलचित्रले राम्रो प्रतिक्रिया दिएका छन् । चलचित्र हेरिसकेपछि हास्यकलाकार केदार घिमिरे (माग्ने बूढा) ले यो चलचित्रले किसानको मर्म उठाएको प्रतिक्रिया दिए ।

‘बाढीपीडित किसानको मर्ममाथि चलचित्र बनेको रहेछ, २०५० सालमा हाम्रो खेत पनि खोलाले लगेको थियो, अर्को दिन हेर्दा खेतमा बालुवा भरिएको थियो,’ घिमिरेले भने, ‘माछा उफ्रिरहेका थिए, त्यो घटना पनि याद आयो, चलचित्र राम्रो लाग्यो ।’

उनले चलचित्र हेरुञ्जेल राम्रो भएको र कतिपय दृश्यले मन छोएको बताए ।

चलचित्र हेरिसकेपछि निर्देशक अशोक शर्माले ‘घामड शेरे’ मा खोट लगाउने ठाउँ नभएको प्रतिक्रिया दिए । उनले भने, ‘चलचित्रमा मैले खोट लगाउने ठाउँ देखिन, अर्गानिक कथा छ ।’

यस्तै चलचित्र हेरेर निर्देशक प्रदीप भट्टराईले पनि मन परेको प्रतिक्रिया दिए । उनले केही भूमिकाले भावुक बनाएको समेत बताए ।

‘हेमराज बिसीलाई लभस्टोरी चलचित्रका बादशाह निर्देशक भनेर चिनिथ्यो, मलाई त अरु चलचित्रभन्दा पनि यो मन पर्‍यो, समग्रमा चलचित्र राम्रो लाग्यो, गतिलो विषय उठाएर पनि मनोरञ्जन दिन सकिन्छ भन्ने लाग्यो,’ भट्टराईले भने ।

चलचित्र हेर्न हेमन्त शर्मा, सीता घिमिरे (केदार घिमिरेकी पत्नी), हेमन्त शर्मा, गौरव पहारी, संयम पुरी लगायतका कलाकार र चलचित्र निर्माण टिम उपस्थित थिए ।

कार्तिक ८ गते प्रदर्शनमा आउने चलचित्रले मल्टिप्लेक्समा चित्तबुझ्दो शो नपाएपछि २ हप्ता पछाडि धकेलिएको थियो । आज (शुक्रबार) देखि प्रदर्शनमा आएको चलचित्रले रिलिजअघि भने राम्रो प्रतिक्रिया पाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ५ : २६ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले