भूकम्पका कारण इरानमा पाँच जनाको मृत्यु | Khabarhub Khabarhub

भूकम्पका कारण इरानमा पाँच जनाको मृत्यु


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–  इरानको उत्तरपश्चिमी क्षेत्रमा भूकम्प जाँदा पाँच जनाको मृत्यु भएको छ ।

शुक्रबार इरानको पूर्वी आजरबैजान प्रान्तको टार्क काउन्टीलाई केन्द्रविन्दु बनाई पाँच दशमलव नौ रेक्टरको भूकम्प गएको हो ।

स्थानीय अधिकारीले भूकम्पमा परी तीन सय जना भन्दा बढी घाइते भएको जनाएका छन् । ती मध्ये गम्भीर घाइते भएका १३ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

इरानको राजधानी तेहरानबाट चार सय किलोमिटर टाढा रहेको क्षेत्र मा भूकम्प गएको हो । अमेरिकी भौगोलिक सर्वेक्षण संस्था (यूएस जियोलोजिकल सर्भे) का अनुसार भूकम्पको केन्द्रविन्दुको गहिराई १० किलोमिटर रहेको थियो ।

भूकम्प गएपछि ४० पटक भन्दा बढी पराकम्पन गएको थियो । भूकम्प प्रभावित क्षेत्रमा उद्धार गर्ने टोली परिचालन गरिएको छ । स्थानीय सञ्चारमाध्यमहरुले भूकम्पको केन्द्रविन्दु रहेको ठाँउका ३० वटा घरहरुमा क्षति भएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ११ : ५४ बजे

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको