विश्वकप छनोटको खेल भुटानमा खेल्न कुवेत अनिच्छुक | Khabarhub Khabarhub

विश्वकप छनोटको खेल भुटानमा खेल्न कुवेत अनिच्छुक


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वकप फुटबल छनोटको खेल भुटानमा खेल्न कुवेत अनिच्छुक भएको छ ।

कुवेतले विविध कारण देखाएर भुटानमा खेल नखेल्ने भन्दै पत्र पठाएको एन्फा स्रोतले जनाएको छ । कुवेतले भुटानमा नखेल्ने बताएपछि एएफसीले समेत अर्को विकल्प दिन एन्फालाई पत्र पठाएको छ ।

कुवेतले भिषा र यात्राको समस्याको कारण दिदै भुटानमा खेल्न नसकिने बताएको हो । तर एन्फाले भुटानमा खेल्न नहुने प्रष्ट आधार कुवेत र एएफसीसंग माग्ने तयारी गरेको छ ।

सो बिषयमा एन्फामा शुक्रबार निर्णय गर्ने भएको छ । एन्फाले नेपालको मौषमसँग मिल्ने वातावरण भएका कारण भुटानमा खेल खेलाउन प्रस्ताव गरेको हो ।

चिसो मौषममा खेल्न गाह्रो हुने भएकाले कुवेतले भुटानको विकल्प चाहेको बुझिएको छ ।

विश्वकप छनोटको दोस्रो लेगको खेलमा नेपालले घरेलु मैदानमा कुवेतलाई आमन्त्रण गर्ने तयारी गरेको थियो । तर एएफसीले रंगशाला खेल्नका लागि अयोग्य ठहर गर्दै एन्फालाई खेल स्थल परिवर्तन गर्न निर्देशन दिएको थियो ।

एएफसीको प्रतियोगिता समितिका प्रतिनिधि देङ सिओ लोङले रंगशालाको निरिक्षणपछि दशरथ रंगशालामा विश्वकप छनोटको खेल खेलाउन नसकिने बताएका थिए ।

रंगशालाको निरिक्षणका लागि एएफसीको टिम अगाडी कुवेतको टिम समेत नेपाल आएको थियो । रंगशालाको छानो र चेन्जिङ रुमलाई लिएर निरिक्षणमा आएका टोलीले गम्भिर ध्यानाकर्षण भएको जनाएको थियो ।

एन्फाले तटस्थ भूमीको रुपमा भुटानमा छनोटको खेल गर्न प्रस्ताव गरेको थियो । पहिलो लेगको खेलमा नेपालले कुवेतसंग ७–० को फराकिलो हार ब्यहोरेको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ७ : ४० बजे

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील

सामाजिक सञ्जालमा उपनिर्वाचन आचारसंहिता कार्यान्वयन गर्न आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले इलाम र बझाङमा हुने उपनिर्वाचनको सामाजिक सञ्जालबाट

मधेस प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन

जनकपुरधाम- मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रपरिषद् पुनर्गठन गरेका छन्

चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि

हङकङ– चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

झापा– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वीनाका काँकरभिट्टाबाट हुने अवैध व्यापारलाई