कुमारी र तलेजु जात्रा मनाइयो | Khabarhub Khabarhub

कुमारी र तलेजु जात्रा मनाइयो


२१ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जीवित देवीका रूपमा मनाइने भक्तपुरको एकान्तकुमारीसहित ११ कुमारीको पूजा गरी भक्तपुर तलेजुमा तलेजु तथा कुमारीजात्रा आज सम्पन्न भएको छ ।

तलेजुको प्रतिमूर्तिका रूपमा पुजिने एकान्तकुमारी जीविका बज्राचार्यलाई आज तलेजुको आगमघरमा ल्याएर विधिवत् रूपमा जात्रा मनाइएको तलेजुको मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताए ।

आजै टिबुक्छेँमा रहेका ११ जना गणकुमारीको समेत तलेजुमा लगेर पूजा गरिएको छ ।

तलेजुमा ऋग्वेद, यजुर्वेद, अथर्ववेद र सामवेदलगायतको पाठ गरी कुमारीको राजोपाध्याय र कर्माचार्यको पूजा गरी कुमारीजात्रा मनाइएको थियो ।

कुमारीको चर्तुब्रह्म महाविहारमा लगी पूजा सकेर तलेजुमा विराजमान गराइएको थियो ।

तलेजुमा दशैँमा ५४ बोका, ३२ राँगा र २४ वटा हाँसको बली दिई तलेजु जात्रा मनाइएको छ । तलेजुमा मूल पुरोहितले मांसाहुति होम सम्पन्न गरेपछि तलेजुमा बली दिइने परम्परा रहेको छ ।

तलेजुलाई आज देवगृहबाट स्थानान्तरण गरी आगमघरमा विराजमान गराइसकेपछि जात्रा सम्पन्न गर्ने परम्परा रहेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  ७ : ०१ बजे

एलोन मस्कको  भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका

कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु