राष्ट्रपतिद्वारा आमा मिथिलाको हातबाट टीका ग्रहण | Khabarhub Khabarhub

राष्ट्रपतिद्वारा आमा मिथिलाको हातबाट टीका ग्रहण


२१ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवि भण्डारीले आफ्नी आमा मिथिला पाण्डेको हातबाट दशैँको टिका ग्रहण गरेकी छिन् ।

राष्ट्रपति कार्यालयमा आज उनले टीकाको शुभसाइत १० बजेर ३५ मिनेटमा आम मिथिलाको हातबाट टिका ग्रहण गरेकी हुन् । उनले हनुमानढोका दसैँघरका मूल पुजारीबाट समेत विजयादशमीको टीका ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा मूल पुजारीले राष्ट्रपति भण्डारीलाई शास्त्रोक्त विधिपूर्वक अभिषेक गर्दै जमरा र नवदुर्गाको प्रसाद प्रदान गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले मूल पुजारीलाई पनि टिका लगाइदिएकी थिइन् । राष्ट्रपति भण्डारीले आफ्ना परिवारका सदस्यलाई समेत टीका लगाइदिएकी छिन् ।

राष्ट्रपतिले सर्वसाधारणलाई दसैँको टीका आज अपरान्ह २ बजेदेखि लगाइदिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  १२ : ५७ बजे

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक