दशैंमा किन लगाइन्छ फरक रङको टीका ? | Khabarhub Khabarhub

दशैंमा किन लगाइन्छ फरक रङको टीका ?


२१ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशैंको टीकामा अक्षता र त्यसमा फरक रङ प्रयोग गरिनुको कारण विभिन्न धार्मिक मान्यतालाई आधार देखाइएपनि यसलाई परम्परागत र मौलिक प्रचलन मानिन्छ ।

विजय शब्दले जीत भएको जनाउँछ । त्यसकारण हर्ष एवं उल्लास तथा विजयको पर्व पनि हो दशैं । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दशैंको उत्सव शुरु भएको संस्कृतविद्हरुको बताउँछन् ।

दशैं पर्वले काम, क्रोध, लोभ, मोह, मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी त्याग्ने प्रेरणा दिएको संस्कृतविद अर्थात् शताब्दी पुरुष सत्यमोहन जोशीको भनाई छ ।

नौ दिनसम्म पूजाअर्चना गरेको जमरा अनि दही, रातो अविर, केरा र चामलसहितको समिश्रणबाट तयार पारिएको रातो र बाक्लो अक्षताले निधार भरिनेगरि विजयादशमीको दिन टीका लगाउने परम्परा रहिआएको छ ।

नेपालीहरुको महान पर्व पनि हो दशैं । दशैं मनाउनका लागि परदेशदेखि परिवारलाई सम्झेर स्वदेश फर्कने गर्छन् । त्यति मात्र होइन। परदेशमा रहेका नेपालीले समेत उतै दशैं मनाउछन् ।

ठूलो परिवार होस् वा सानो परिवार । सबैजना एकै ठाउँमा बसेर, घरको मुलखाँबो पूजा गरेर उमेर क्रमानुसार ठूला अनि क्रमश सानाहरुलाई निधारमा टीका, कानमा जमरा र आशिर्वाद थाप्ने चलन छ ।

परिवारमा रहेका जेष्ठ नागरिकले भने गाउँभरिमा आफुभन्दा ठूला मान्यजनको गएर टीका र आर्शिवाद थाप्ने गर्छन् । यदि आफ्नोभन्दा बढि उमेरका अभिभावक नभएकोखण्डमा उनीहरुले जीवनसाथी तथा दाजुभाइको हातबाट पनि टीका र आर्शिवाद थापिन्छ ।

दशमीका दिन निधारमा लगाइने अक्षताको प्रचलन कहिले शुरु भयो भन्ने स्पष्ट प्रमाण भेटिन्न । अक्षताको प्रचलन शुरु भएको यकिन समय नभेटिए पनि पौराणिक कालदेखि नै चलिआएको बताउँछन् जोशी ।

‘प्रष्ट इतिहास त छैन’ उनी भन्छन्, ‘तर यो हाम्रो मौलिक चलन हो।’

अक्षता एक रङ फरक

विजया दशमीका अर्थात् टीकाका दिन नेपालीहरुले आफ्ना परम्परादेखि चलिआएको मुल्य र मान्यतालाई मध्यनजर गर्दै अक्षता रछुट्टा छुट्टै रङ मोलेर टीका लगाउने गर्छन् ।

हिन्दू धर्मावलम्विहरुले रातो टीका लगाउछन् भने बौद्ध, किरात धर्मावलम्विहरुले सेतो टीका लगाउँछन् ।

सनातन धर्मावालम्वी मानिसहरुले रातो टीका लगाउने गरेको ज्योतीष श्रीकृष्ण अधिकारी बताउँछन् ।

‘भगवतीलाई रातो मन पर्ने भएकाले रातो लगाउने गरेको पाइन्छ’ खबरहबसँग कुरा गर्दै उनले भने ‘धेरैजसो राइ, मगर र लिम्बूहरुको सेतो टीका लगाउने चलन छ।’

‘रातो रङ उत्तेजक, श्रृगारका लागि उपयुक्त, सौभाग्यका रुपमा पनि लिइन्छ र क्रान्तिकारीको प्रतीकका रुपमा पनि लिइन्छ’ अधिकारी भन्छन् ‘सेतो शान्ति र सद्भावनाको प्रतीक भएकाले यो रङको टीका लगाउनु राम्रो हुन्छ।’

रातो रङ त्यसमा पनि चामल मिश्रित गरेर पुजा पनि गरिन्छ र त्यसलाइ नै टीका पनि लगाइने हुँदा अक्षतासहितको रातो रङको टीका राम्रो हुने संस्कृतविद् हरिराम जोशी बताउँछन् ।

परम्परादेखिको चलन

‘बाल्यकालमा बुबा आमाले सेतो टीका लगाइदिनुहुन्थ्यो’ ललितपुरका ८४ वर्षीय काजी तामाङ भन्छन्, ‘परम्परादेखि चलिआएकाले अहिलेसम्म सेतै टीका लगाउने गरेका छौं।’

तामाङको घर सिन्धुपाल्चोक जिल्लामा हो । उनी मात्र होइन । सिन्धुपाल्चोकमा रहेको उनको तामाङ समुदायले विजया दशमीका दिन अक्षतमा दही र सेतो रङ राखेर टीका लगाउने गर्छन् ।

त्यसो त उनको गाउँ छेउमा अन्य क्षत्री तथा ब्राह्मण जातिका मानिसहरु पनि बसोवास गर्छन् । उनीहरुले रातो रङको टीका लगाएपनि आफ्नो परापूर्वकालदेखिको मान्यतालाई अगाल्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  ११ : ५९ बजे

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्