भारतको मेडिकल कलेजमा पढ्ने नेपाली आवासीय डाक्टरले भत्ता पाउने | Khabarhub Khabarhub

भारतको मेडिकल कलेजमा पढ्ने नेपाली आवासीय डाक्टरले भत्ता पाउने


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको सरकारी मेडिकल कलेजमा अध्ययनरत नेपाली आवासीय चिकित्सकले पनि भत्ता पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले केही दिनअघि भारत भ्रमणका क्रममा भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री डा हर्षवर्द्धनसँग नेपाली आवासीय चिकित्सलाई भत्ता उपलब्ध गराउने विषयमा छलफल गरेका थिए ।

छलफलको क्रममा भारतीय स्वास्थ्यमन्त्री डा हर्षवर्द्धनले नेपाली आवासीय चिकित्सकलाई भत्ता उपलब्ध गराउने आश्वासन दिएको स्वास्थ्य मन्त्री यादवले बताए ।

‘त्यहाँ पढ्ने मेडिकल विद्यार्थीले भत्ता पाएका थिएनन्, उनीहरुले नेपालमा नै आएर गुनासो गरेका थिए,’ मन्त्री यादवले भने, ‘केही दिनअघि भारतमा रहँदा मैले त्यहाँको स्वास्थ्यमन्त्रीसँग यो विषयमा छलफल गरेको थिएँ, यसै वर्षदेखि नेपाली मेडिकल विद्यार्थीले भत्ता दिने सहमति भएको छ । अब नेपाली विद्यार्थीले भत्ता पाउनछन् ।’

भारतमा एमडी अध्ययनरत भारतीय चिकित्सकले भने महिनाको ९० हजार देखि एक लाख भारतीय रुपैयाँ भत्ता पाउँदै आएका छन् । तर भारतका विभिन्न मेडिकल कलेजहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरुले एमडी अध्ययन गर्दा भत्ता पाएका थिएनन् ।

भारतको अल इन्डिया इन्टिच्युट अफ मेडिकल साइन्स (एम्स), भण्डीगढको पोष्ट ग्राजुएट इन्टिच्युट अफ मेडिकल एजुकेसन एण्ड रिसर्च ( पीजीआईएमईआर) र पोन्डिचेरीमा रहेको जवाहरलाल इन्टिच्युट अफ पोष्ट ग्राजुएट मेडिकल एजुकेशन एण्ड रिसर्च( जेआईपिएमईआर) मा अध्ययनरत १ सय ५० जना आवासीय नेपाली विद्यार्थीहरुले भत्ता पाउनबाट बञ्चित थिए ।

एम्समा अध्ययनरत आवासीय चिकित्सक डा सागर पौडेल लगायतका केही चिकित्सकले आफूहरुले भत्ता नपाएको भन्दै नेपाल नै आएर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई समेत ज्ञापन पत्र बुझाएका थिए ।

भारतमा अध्ययनरत नेपाली चिकित्सकले एमडी गरिरहेको नेपाली विद्यार्थीहरुमाथि भत्ता नदिएर श्रम शोषण गरेको भन्दै भत्ता उपलब्ध गराउन आग्रह गरेका थिए ।

नेपाली विद्यार्थीहरुले भत्ताको लागि पहल गरीदिन आग्रह गरेपछि स्वास्थ्यमन्त्री यादवले भारतमा यो विषयमा छलफल गरेका हुन् ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ११ : ३० बजे

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल

खेलकुदमा भारतका युवा स्टारको उदय

विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ।

बजेट निर्माणबारे अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्रीहरुको सुझाव

काठमाडौ– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटबारे