यस्तो छ चिनियाँ विदेशमन्त्री वाङको तीन दिने नेपाल भ्रमणको कार्यक्रम | Khabarhub Khabarhub

यस्तो छ चिनियाँ विदेशमन्त्री वाङको तीन दिने नेपाल भ्रमणको कार्यक्रम


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनका विदेशमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका क्रममा आइतबार (आज) काठमाडौं आउँदै छन् ।

नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित शीर्ष नेताहरुलाई भेट गर्ने कार्यक्रम रहेको छ ।

यस्तो छ कार्यतालिका

पाकिस्तानको भ्रमणमा रहेका वाङ इस्लामावादबाट सिधैं काठमाडौं आउने कार्यक्रम रहेको छ ।

उनी आइतवार ४:२० मा विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ । वाङलाई विमानस्थलमा परराष्ट्रमन्त्रालयका अधिकारीहरुले स्वागत गर्ने छन् ।

काठमाडौँ ओर्ले लगत्तै उनी होटल सोल्टी जाने छन्। विदेशमन्त्री वाङलाई सोल्टी होटलमा बस्ने व्यवस्था मिलाइएको छ । आइतवार उनको कुनै भेटघाटको कार्यक्रम रहेको छैन ।

सोल्टी होटलमा नै विदेशमन्त्रि वाङलाई परराष्ट्र मन्त्रालयका अधिकारी र चिनियाँ दूतावासले औपचारिक कार्यक्रमबारे जानकारी गराउने छन् ।

सोमबार दिउँसो ३: ३० बजे होटल याक एण्ड यतीमा नेपाल चीन बार्ता हुनेछ । केहि सम्झौता र समझदारी पत्रमा हस्ताक्षर पनि हुने कार्यक्रम छ ।

सोमबार साँझ ५ बजेदेखि ५: ४५ बजेसम्म विदेशमन्त्रि वाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिष्टाचार भेट गर्ने कार्यक्रम छ। भेटघाटको कार्यक्रम बालुवाटारमा हुनेछ ।

सोमबार साँझ ६ बजेपछि विदेशमन्त्री वाङको टोली राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवाशमा शिष्टाचार भेटवार्ता गर्नेछ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समकक्षी यीको सम्मानमा सोमबार साँझ रात्रिभोजको आयोजना गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। रात्रिभोजमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू, दुवैतर्फका कूटनीतिक नियोगका प्रमुखहरूसहितका अधिकारी सहभागी हुने जनाइएको छ।

भदौं २४ गते, मंगलबार ९:०० बजे वाङको टोलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्ने कार्यक्रम तय भएको छ ।

भदौं २४ गते, मंगलबार नै विदेशमन्त्री वाङको टोलीले प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर देउबालाई निवाशमा भेट्ने कार्यक्रम छ । भेटको समय ११:०० बजेको लागि मिलाइएको छ।

यस बाहेक विदेशमन्त्री वाङले केहि राजनैतिक विश्लेषक र उद्योगी ब्यबसायी सँग होटल सोल्टीमा भेटघाट गर्ने कार्यक्रम रहेको छ।

विदेशमन्त्री वाङको प्रतिनिधिमण्डलमा चीनको विदेश मन्त्रालयका उपविदेशमन्त्री लु झाओहुइ, चाइना अन्तर्राष्ट्रिय डेभलपमेन्ट कोअपरेशन एजेन्सीका उपाध्यक्ष देङ बोकिङ तथा नेपालका लागि चिनियाँ राजदूत मिसेस होउ याङछी लगायत रहेका छन् ।

विदेशमन्त्री वाङको टोली मंगलबार १ बजे चीन फर्कने छ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  १० : २७ बजे

इलामको उपनिर्वाचनमा रास्वपाले मिलन लिम्बूलाई उठाउने  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ को उपनिर्वाचनमा मिलन लिम्बूलाई

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो

ढाका– बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ

सादा पोशाकमा प्रहरी परिचालन नगर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गैर– जिम्मेवार क्रियाकलापमा संलग्न भएको गुनासो आएपछि उपप्रधान एवं

पर्यटन क्षेत्रमा अतिरिक्त करको पुनर्विचार हुनुपर्‍यो :  अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन क्षेत्रमा

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

जेनेभा– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल