गणेशको ‘वाहन’ मुसा कसरी बन्यो ? | Khabarhub Khabarhub

गणेशको ‘वाहन’ मुसा कसरी बन्यो ?


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भगवान गणेशको नाम कुनै पनि कार्य गर्दा सवैभन्दा पहिले उच्चारण गरिन्छ । शास्त्रमा समेत सवैभन्दा पहिले लेखिएको हुन्छ– श्री गणेशायः नमः । गणेशको प्रसिद्धि यत्रतत्र हुँदा समेत उनले आफ्नो बहान किन मुसालाई बनाए भन्ने सबैलाई थाहा नहुन सक्छ ।

गणेले आफ्नो वाहनका रुपमा मुसालाई बनाएको विषयमा विभिन्न प्राचीन किंबदन्तिहरु छन् । एक किंवदन्ति अनुसार प्राचीन समयमा ‘गजमुखासुर’ (हात्तीको जस्तो मुख भएको) राक्षस थियो । उसले सवै देवताहरुलाई आक्रमण गर्ने गर्थ्यो ।

गजमुखासुरबाट आजित देवगणहरु त्यो राक्षसबाट छुटकारा पाउन गणेशका सामु पुगे । भगवान गणेशको डरले उक्त गजमुखासुर राक्षस मुसा बनेर भाग्न थाग्यो । त्यसपछि त्यो मुसालाई समातेर उनले आफ्नो वाहन बनाएका थिए ।

एक अर्को किंबदन्ति अनुसार देवताका राजा इन्द्रको दरबारमा ‘क्रोंच’ नाम गरेका गन्धर्व थिए । एक दिन क्रोंचले गल्तीले वामदेव नाम गरेका ऋषिको खुट्टामा खुट्टा राखिदिएछन् । यो हर्कतले ऋषि क्रोधित भइ गन्धर्बलाई मुसा बन्ने श्राप दिए ।

क्रोंचले अन्जानमा भएको गल्तीलाई लिएर वामदेव ऋषिसँग माफी मागे । ती गन्धर्बले माफी मागेपछि ऋषिले आफ्नो श्राप फिर्ता नलिइ उनलाई मुसाको रुपमा तिमी भगवान गणेशको वाहन बन्नेछौं भन्दै तथास्तु भनिदिए ।

जसबाट तिम्रो कल्याण हुनेछ भने । त्यसपछि गणेशको वाहनका रुपमा मुसा बनेको किंबदन्ती प्रचलनमा रहेको पाइन्छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ९ : ५२ बजे

दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

काठमाडौं– सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार