राष्ट्रका नाममा मोदीको सम्बोधन : कश्मीर माथिको कदम ऐतिहासिक फैसला | Khabarhub Khabarhub

राष्ट्रका नाममा मोदीको सम्बोधन : कश्मीर माथिको कदम ऐतिहासिक फैसला


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू कश्मीरबारे भारत सरकारले लिएको कदमलाई ऐतिहासिक फैसलाको संज्ञा दिएका छन् । जम्मू कश्मीरलाई दिइएको विशेष राज्यको मान्यता खारेज गरेपछि बिहीबार बेलुकी देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारत सरकारको कदम ऐतिहासिक भएको जनाएका हुन् ।

यसअघि जम्मू कश्मीरका नागरिकहरु अनेक अधिकारबाट बञ्चित रहेको र राज्यको विकासमा बाधा भएको भन्दै उनले सबै भारतीयको प्रयासले त्यो दूर भएको जनाए ।

सारा भारतलाई एकताबद्ध बनाउने सरदार बल्लभाई पटेल, बाबासाहब अम्बेडकर, डा. श्यामाप्रसाद मुखर्जी, अटलीविहारी बाजपेयी र करोडौं देशवासीको सपना पूरा भएको प्रधानमन्त्री मोदीको भनाइ छ । उनले जम्मू कश्मीर र लद्दाखमा नयाँ युग शुरु भएको समेत जनाए ।

सोमबार भारतले जम्मू कश्मीरलाई विशेष राज्यको मान्यता दिने संविधानको धारा ‘३७० र ३५ ए’ खारेज गरेपछि प्रधानमन्त्री मोदीले देसवासीको नाममा सम्बोधन गरेका हुन् । भारतले जम्मू कश्मीरलाई जम्मू कश्मीर र लद्दाख गरी दुई केन्द्र शासित प्रदेशमा पुनर्गठन गर्ने समेत निर्णय गरेको छ ।

देसवासीको नाममा सम्बोधन गर्दै मोदीले अब सारा देशका नागरिकको हक र दायित्व समान भएको समेत उल्लेख गरे । उनले भने ‘यसका लागि लद्दाख र जम्मू कश्मीरका जनता र पूरा देशवाशीलाई हृदयपूर्वक धेरै-धेरै बधाई दिन चाहन्छु ।’

केही कुराहरु समयका साथै मनमा केही परिर्वतन नै हुन्न, यसरी नै चलिरहन्छ भन्ने स्थायी भाव आउने उल्लेख गर्दै प्रधानमन्त्री मोदीले धारा ३७० को साथ पनि यस्तै भएको बताए ।

यही धाराका कारण जम्मू कश्मीर र लद्दाखका जनतालाई भइरहेको हानीबारे यसअघि चर्चा नभएको मोदीको भनाइ छ । सम्बोधनका क्रममा उनले भने, ‘कसैसँग कुरा गर्दा पनि धारा ३७० बाट जम्मू कश्मीरका जनताको जीवनमा के लाभ भयो भन्नेबारे चर्चा हुँदैनथ्यो ।’

धारा ‘३७० र ३५ ए’ले जम्मू कश्मीरलाई पृथकतावाद, आतंकवाद, परिवारवाद र ठूलो स्तरको भ्रष्टाचारबाहेक केही नदिएको प्रधानमन्त्री मोदीको टिप्पणी थियो । उनले भने, ‘यी दुई धारालाई देशका विरुद्ध केही मानिसहरुको भावना भड्काउनका लागि पाकिस्तानद्वारा हतियारका रुपमा प्रयोग गरिँदै आएको थियो । यसका कारण पछिल्लो तीन दशकसम्म करिब ४२ हजार निर्दोष मानिसहरु…यो आँकडाबाट आँशु आउँछ… ४२ हजार मानिसहरुको ज्यान गयो ।’ उनले यी धाराका कारण जम्मू कश्मीरको विकासमा गतिरोध भएको समेत जनाए ।

उनले सरकारको यो कदमबाट जम्मू कश्मीर र लद्दाखका मानिसहरुको वर्तमानका साथै भविष्य पनि सुमधुर हुने बताए ।

‘हरेक सरकारले संसदबाट कानून बनाएर जनताको हितमा काम गर्छन् । यो निरन्तर चलिरहन्छ । कानून बनाउने बेला संसद् र संसदबाहिर सघन बहस हुन्छ । चिन्तन मनन हुन्छ । यसको आवश्यकता र प्रभावलाई लिएर छलफल हुन्छ । यो प्रक्रियाबाट गुज्रेर बन्ने कानूनले देशका नागरिकलाई भलो गर्छ । तर संसद्ले यति ठूलो संख्यामा बनाउने कानून मुलुकको एक हिस्सामा लागू नै नहुने कुरा अकल्पनीय थियो ।’ मोदीले सम्बोधनका क्रममा भने ।

मोदीले धारा ‘३७० र ३५ ए’ बितेको इतिहास भएको भन्दै त्यसका नकारात्मक प्रभावबाट पनि मुक्ति मिल्ने बताए ।

उनले अब राज्यमा रोजगारीका लागि केन्द्र सरकारले पहल गर्ने भन्दै राज्यका सबै रिक्त स्थानमा कर्मचारी भर्ना गराइने तथा निजी र सरकारी रोजगारीका लागि प्रोत्साहन गरिने बताए । सेना र अर्धसैनिक बलको भर्तीका लागि स्थानीयलाई पहल गरिने मोदीको भनाइ छ । उनले भने, ‘प्रधानमन्त्री स्कलरशिप योजनाको विस्तार गरिनेछ । ज्यादा भन्दा ज्यादा विद्यार्थीलाई लाभ मिलोस् ।’

केन्द्र सरकारले ३७० हटाउने बेला केही समयका लागि मात्रै सीधै केन्द्र सरकारको शासनमा राख्ने निर्णय धेरै सोचेर लिएको बताउँदै मोदीले त्यहाँ गर्भनर शासन लागू भएयता त्यहाँको प्रशासन सीधै केन्द्र सरकारको माताहतमा रहेको र त्यसको प्रभाव व्यवहारमा देखिन थालेको बताए ।

उनले नयाँ व्यवस्था अनुसार जम्मू कश्मीरलाई आतंकवाद र पृथकतावादबाट मुक्त गर्ने समेत दृढता व्यक्त गरे । उनले भने, ‘धर्तीको स्वर्गको रुपमा रहेको जम्मू कश्मीर पुनः एकपटक विकासको नयाँ उचाईमा पुग्नेछ । विश्व आकर्षित हुनेछ । नागरिकहरुको जीवस्तर बढ्नेछ ।’

उनले कुनै समय बलिउडका चलचित्रहरु कश्मीरमा शुटिङ हुनेगरेको प्रसंग निकाल्दै त्यहाँ स्थीरता पैदा भएको खण्डमा भारतको मात्र नभएर विश्वभरबाट मानिसहरु आउने आशा व्यक्त गरे । यसबाट रोजगारी सिर्जना हुने उनको भनाइ छ । यसका लागि आफूले तेलगु, हिन्दी र तामिल चलचित्र उद्योगहरुलाई त्यहाँ लगानी गर्न आग्रह गर्ने समेत आश्वासन दिए ।

केही मानिसहरु सरकारको यो निर्णयको पक्ष वा विपक्षमा रहेको उल्लेख गर्दै केन्द्र सरकारले यसबारे जारी बहसको जवाफ दिइरहेको जनाए । तर उनले यो बसका क्रममा देशहितलाई सर्वोपरी मान्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘नयाँ दिशा दिन सरकरलाई मद्दत गरौं । देशको भावनाको सम्मान गरौं । ’

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ९ : ३७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६