भारतविरुद्ध सैनिक विकल्पबारे ध्यान नदिएको पाकिस्तानको भनाइ | Khabarhub Khabarhub

भारतविरुद्ध सैनिक विकल्पबारे ध्यान नदिएको पाकिस्तानको भनाइ


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– जम्मू कश्मीरलाई विशेष राज्यको मान्यता दिने भारतीय संविधानको धारा ३७० र ३५ ए खारेज गरी जम्मू कश्मीरलाई केन्द्र प्रशासित दुई राज्यमा विभाजन गर्ने भारत सरकारको निर्णयविरुद्ध ‘सैनिक विकल्प’ प्रति पाकिस्तानले ध्यान नदिएको पाकिस्तानी विदेशमन्त्रीले जनाएका छन् ।

पाकिस्तानी विदेशमन्त्री शाह महदुम कुरेशीले राजधानी इस्लामावादमा पत्रकार सम्मेलन गर्दै भारतविरुद्ध सैनिक कदम चाल्न पाकिस्तान तयार नभएको जनाएका हुन् । यद्यपि उनले भारतको कुनै किसिमको सैनिक आक्रमकताको जवाफ दिन भने पाकिस्तान तयार रहेको जनाएका छन् ।

कश्मीरबारे भारतीय निर्णयप्रति पाकिस्तानले विभिन्न कदमहरु चालिरहेका बेला पाकिस्तानी विदेशमन्त्रीले सैनिक कदमका लागि खुला नरहेको जनाएका हुन् ।

भारत र पाकिस्तानबीच कश्मीरको सार्वभौमिकतालाई लिएर विवाद छ । दुई मुलुकबीच कश्मीरकै विवादलाई लिएर दुई पटक युद्ध भइसकेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ८ : ४१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०