सिंहरदबारको छायाँमा प्रदेश ३ को राजधानी रहन दिनुहुँदैनः मुख्यमन्त्री पौडेल | Khabarhub Khabarhub

सिंहरदबारको छायाँमा प्रदेश ३ को राजधानी रहन दिनुहुँदैनः मुख्यमन्त्री पौडेल


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी हेटौडामा नै हुनुपर्ने भन्ने पक्षमा आफू नरहेको बताएका छन् । मुख्यमन्त्री पौडेलले प्रदेश ३ को राजधानी काठमाडौंमा भने हुन नदिने अडान पनि राखे ।

बिहीबार काठमाडौंमा आयोजित संचारकर्मीहरुसँगको अन्तरक्रियामा उनले आफूले २०, २५ वर्षदेखि राजधानी काठमाडौंलाई व्यवस्थित बनाउन चाहेकाले पनि काठमाडौंमा प्रदेश ३ को राजधानी हुन नदिने निर्णयमा आफू पुगेको पनि स्पष्ट पारे ।

‘प्रदेशको राजधानी हेटौडैमा हुनुपर्छ भन्ने पक्षमा आफू छैन,’ मुख्यमन्त्री पौडेलले भने, ‘घर पायकको आधारमा राजधानी नरहने कुरा पक्कै हो ।’ मुख्यमन्त्री पौडेलले नुवाकोट र रामेछापमा पनि राजधानी रहने सम्भावना रहेको औंल्याउँदै त्यसमा छलफल गर्न आफू तयार रहेको पनि स्पष्ट पारे । सिंहरदबारको छायाँमा भने प्रदेश ३ को राजधानी रहन दिनुहुँदैन भन्ने मान्यतामा आफू अडिग रहेको मुख्यमन्त्री पौडेलको भनाइ छ ।

मुख्यमन्त्री पौडेलले काठमाडौं बाहिरका क्षेत्रको विकास गर्न र काठमाडौंलाई व्यवस्थित बनाउन पनि प्रदेश ३ को राजधानी काठमाडौंमा बनाउन नहुने तर्क पनि गरे । उनले प्रदेशको राजधानी र नाम दुवै एकै दिन टुंगो लगाउने पनि बताए ।

मुख्यमन्त्री पौडेलले आफ्ना प्रदेशका सेवा प्रवाहको कामलाई राम्रोसँग सम्पन्न गर्न १५६ वटा कार्यालयलाई क्रियाशील गराइएको दावी पनि गरे । उनले कृषकलाई राहत दिन सामूहिक कृषि प्रणाली कार्यक्रम सुरु गरिएको पनि स्पष्ट पारे ।

मुख्यमन्त्री पौडेलले प्रदेश ३ को विकासका सम्भावनाका क्षेत्रहरुको पहिचान गर्ने काममा सघाउ पुर्‍याउन पनि संचारकर्मीहरुलाई पटक–पटक आग्रह गरे ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ५ : ३३ बजे

गोरखा भूकम्पको ९ वर्ष : बारपाककाे फेरियो स्वरूप (तस्बिरहरु)

गोरखा– २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर

चीनमा ठूलो बाढी, एक लाख मानिसलाई स्थानान्तरण

बेइजिङ– दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा

जङ्गलको डढेलो बस्तीमा पस्दा पाँच घर नष्ट

सोलुखुम्बु– सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा

स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू

झापाको झिलझिलेमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

झापा– झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन