सुनिललाल स्मृति भारात्तोलन अर्को साता | Khabarhub Khabarhub

सुनिललाल स्मृति भारात्तोलन अर्को साता


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वर्गीय सुनिललाल जोशी स्मृति भारात्तोलन प्रतियोगिता आगामी मंगलबारबाट सुरु हुने भएको छ । बिहीबार काठमाडौं भारात्तोलन संघले पत्रकार सम्मेलन गरि प्रतियोगिता आगामी २४ र २५ गते हुने जानकारी दिएको हो ।

सुनिललाल जोशीको सम्झनामा यसभन्दा पहिले २ पटक राष्ट्रियस्तरको भारात्तोलन प्रतियोगिता सम्पन्न गरिसकेको आयोजकले बताएको छ । यसैगरी नयाँ–नयाँ प्रतिभाहरुको प्रस्फुटनका लागि प्रतियोगिता आयोजना गरिएको काठमाडौं भारत्तोलन संघले जानकारी दिएको छ ।

आइडब्लुएफ र एडब्लुएफको नियमअनुसार हुने प्रतियोगितामा सिनियर र जुनियर दुबैले भाग लिन पाउँछन् । ३ विभागिय टोलीसहित जिल्ला र क्लबका खेलाडीहरु गरि महिला पुरुष दुबैतर्फ ९० खेलाडी सहभागि हुने आयोजकको अनुमान छ ।

सिनियर महिला तथा पुरुषतर्फ १०–१० किलो तौल समूह , जुनियरतर्फ महिला र पुरुष १०–१० किलो तौल समूहमा हुने प्रतियोगितामा सिनियरतर्फ २०, जुनियरतर्फ २० गरी ४० किलो तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले बताएको छ ।

प्रतियोगितामा सबैभन्दा बलियो पुरुष र महिलालाई नेपाल स्ट्रोङ्गेष्ट मेन र वुमनको उपाधि, प्रमाणपत्र र नगद रु ११ हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

प्रत्येक समूहमा प्रथम, द्वितीय र तृतीय हुनेलाई पदक तथा प्रमाणपत्र बितरण गर्ने र प्रतियोगितामा सहभागी भएका जिल्ला तथा क्लबलाई प्रमाणपत्र पनि प्रदान गर्ने आयोजकले बताएको छ ।

भारात्तोलन खेलमार्फत् नेपालमा सर्वाधिक अन्तर्राष्ट्रिय पदक दिलाउन सफल सुनिललाल जोशीको २०७४ असार ११ गते हृदयघातबाट निधन भएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ५ : २३ बजे

थाइल्यान्डमा ‘लु’ बाट ३० जनाको मृत्यु

बैंकक– यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

मनाङ– विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट

नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती

काठमाडौं- नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त टोलीले

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं– नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टिमको घोषणा गरेको

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार