डिभिजन वन कार्यालय प्रमुख लामाविरुद्ध विशेष अदालतमा मुद्दा | Khabarhub Khabarhub

डिभिजन वन कार्यालय प्रमुख लामाविरुद्ध विशेष अदालतमा मुद्दा


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डिभिजन वन कार्यालय, कर्णाली प्रदेश सुर्खेतका कार्यालय प्रमुख भक्तबहादुर लामाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

लामालाई काठ दाउराको छुट पूर्जी म्याद थप गर्ने क्रममा सेवाग्राहीसँग ४ लाख घुससहित पक्राउ परेका लामाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले उनको कोठाभित्रको स्टिलको दराज भित्र पाँच लाख पचास हजार थप नगद समेत फेला पारेको थियो ।

अनुसन्धानको क्रममा भेटिएका आधार प्रमाण र कारणहरूबाट आरोपित डिभिजन वन अधिकृत भक्त बहादुर लामाले सुर्खेतदेखि बाँके जिल्लासम्म काठ लैजानको लागि लिएको छोडपूर्जीको म्याद थप गरिदिने प्रयोजनको लागि ४ लाख घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

आरोपित भक्तबहादुर लामाको निवास कोठाबाट बरामद भएको अतिरिक्त रकम ५ लाख पचास हजारको हकमा सम्पत्ति सम्बन्धी छुट्टै अनुसन्धान गर्न आयोगले निर्णय गरेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ५ : २० बजे

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ

भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक

गण्डकीको प्रदेशसभा बैठक बस्दै

गण्डकी– गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले