के तपाईलाई क्यान्सर लागेको त छैन ? यस्ता लक्षण देखिन्छ | Khabarhub Khabarhub

के तपाईलाई क्यान्सर लागेको त छैन ? यस्ता लक्षण देखिन्छ


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिकित्सकहरुका अनुसार, क्यान्सर जटिल रोग हो । समयमा उपचार नभएको खण्डमा यो रोगले विरामीको ज्यान नै लिन सक्छ । तर, क्यान्सरको शुरुवाती चरणमा थाहा भयो र उपचार गर्न सकियो भने क्यान्सर निको पनि हुन्छ ।

चिकित्सकहरुका अनुसार, क्यान्सरको शुरुवाती चरणमा यस्ता लक्षण देखा पर्छन् ।

– यदि फोक्सोमा क्यान्सर हुँदै छ भने निरन्तर खोकी लाख्छ । औषधी उपचार पछि पनि खोकि रोकिएन भने फोक्सोमा क्यान्सर हुने खतरा बढी हुन्छ त्यसैगरी खोक्दा, लामो श्वास लिँदा वा हाँस्दा छाति दुख्छ भने त्यो खतराको संकेत हो ।

– यदि शरिमा कुनै प्रकारका मुसा छन् र त्यो मुसाले रंग परिवर्तन गर्‍यो भने छालाको क्यान्सर हुने खतरा रहन्छ । शरिरमा भएको मुसा ठूलो हुने, आकार बदलिने, रंग बदलिँदै जाने दुख्ने र चिलाउने गर्छ भने त्यो क्यान्सरको संकेत हुन सक्छ ।

– दिसा तथा पिशावमा रगत देखियो भने पनि चिकित्सकसँग सल्लाह गरिहाल्नुस् किनकी आन्द्रामा क्यान्सर हुँदै छ भने सुरुवाती चरणमा दिसा तथा पिसावमा रगत देखिन्छ ।

– यदि तपाईंको मुख भित्र निरन्तर रुपमा घाउ रहिरह्यो भने पनि मुखको क्यान्सर हुने खतरा रहन्छ ।

– खान खाने बेलामा निल्न समस्या छ भने खाना नलीमा क्यान्सर भएको हुन सक्छ ।

– यति एकाएक शरिरको तौल घट्न थाल्यो भने पनि क्यान्सरको लक्षण हुन सक्छ ।

– कुनै पनि शरीरको भागमा अनावश्यक टुटुल्को उठ्न थाल्यो वा बढ्दै गयो भने यो पनि तपाइँको शरीरमा क्यान्सरको लक्षण हुन सक्छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ८ : ०२ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले