यी हुन् हाम्रो शरीरलाई शक्ति प्रदान गर्ने तथा रोगबाट जोगाउने खानेकुराहरु | Khabarhub Khabarhub

यी हुन् हाम्रो शरीरलाई शक्ति प्रदान गर्ने तथा रोगबाट जोगाउने खानेकुराहरु


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हामीले दैनिक उपभोग गर्ने विभिन्न किसिमका खाद्यवस्तुहरुले हाम्रो शरीरमा नियमित रुपमा संचालन हुने विभिन्न आन्तरिक र बाह्य क्रियाकलापहरुमा सहयोग पुर्‍याइरहेको हुन्छन् ।

दैनिक शारीरिक र मानसिक परिश्रमको लागि आवश्यक पर्ने शक्ती, शारीरिक वृद्धि विकासको लागि प्रोटिन र शरीरलाई राेगबाट जोगाउने तत्वहरु हामीले खाद्य वस्तुबाटै प्राप्त गछौं । खाद्यवस्तुमा हुने पौष्टिक तत्वहरुले हाम्रो शरीरलाई स्वस्थ र तन्दुरुस्त बनाउँछ ।

शक्ति दिने खाद्ययवस्तु

विभिन्न किसिमका अन्नहरु, जस्तै जनिम मुनि फल्ने खाद्य वस्तु, कन्दमुल, घिउ, तेल तथा अन्य चिल्लो पदार्थ, तेलहन तथा बदाम गुलिया खाद्ययवस्तुले शरीरलाई शक्ति प्रदान गर्छ । यी खानेकारा खाएपछि नै हाम्रो शरीरले काम गर्न सक्छ ।

शरीरको वृद्धि विकास गर्ने खाद्यवस्तु

दाल तथा गेडागुडीहरु, बदाम, काजु, पेस्ता, ओखर दूध तथा दूधबाट बनेका परिकारहरु माछा, अण्डा मासु तथा मासुबाट बनेका परिकारले शरीरको वृद्धि विकासमा मद्दत पुर्‍याउँछ ।

रोगप्रतिरोधात्मक क्षमता बढाउने खाद्यवस्तु

हरिया सागपात, हरिया पहेंला तरकारीहरु अण्डा, माछा,मासु, दूध र सबै किसिमका फलफूलहरुले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँन सहयोग पुर्‍याइ शरीरमा रोग लाग्न दिँदैन ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ३ : ४१ बजे

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको