ब्रेकअप भएका युवतीको व्यवहार कस्तो होला ? | Khabarhub Khabarhub

ब्रेकअप भएका युवतीको व्यवहार कस्तो होला ?


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसको दैनिकी समय परिस्थिति अनुसार फरक फरक हुन्छन् । खुसी हुँदा देखाउने व्यवहार, दुःखी हुँदा गर्ने काम तथा सम्बन्धमा रहँदा र सम्बन्धबाट टाढिँदा हुने व्यवहार सबैको फरक फरक हुन्छ । आज हामी प्रेमिल सम्बन्धमा रहेर ब्रेकअप भएपछि केटीहरुले गर्ने व्यवहार कस्तो होला भन्ने आँकलन गरिन्छ ।

केटीहरु प्रायः यस्तो डरमा हुन्छन् की कुनै युवकसँगको प्रेम सम्बन्ध टुटेपछि उनीहरु बिटुलो बन्दछन् अर्थात् आफु बर्बादै होइन्छ र अरुबाट अस्विकृत बनिन्छ भन्ने डर उनीहरुमा हुन्छ । तर यसरी डर मानेर मात्र हुँदैन । यदि प्रेमीले अलग हुने फैसला गरिसकेको छ भने जबरजस्ती गर्नुभन्दा त्यसलाई स्वीकार गरेर जीवनलाई नयाँ शिराबाट अगाडि बढाउनु श्रेयस्कर हुन्छ । तर बिछोडपछिको जीवन अझ आलो घाउको अवस्था त्यति सजिलो हुँदैन। प्रायः केटीहरु प्रेम सम्बन्धको ब्रेकअपपछि यस्तो व्यवहार देखाउने गर्छन्ः

-सोसल मिडियामा आफ्नो भुपु मायालुको तस्वीर हेरिरहने वा पूराना कुराहरु सम्झिरहने ।

-विभिन्न किसिमले आफ्नो भुपुसँग पुनः मित्रता कायम राख्ने कोसिस गर्ने ।

-पीडा भुलाउने बहाना गर्दै मदिरापान गर्ने ।

-पूराना तस्वीर तथा म्यासेजलाई बारम्बार हेर्ने तथा पढ्ने ।

-एकपटक फेरि अर्को साँचो प्रेमको खोजीमा निस्कने ।

-साथीहरुसँग आफुलाई धोका दिने भुपु प्रेमीलाई गाली गलौज गर्ने ।

-हरेक समय आफ्नो नयाँ पार्टनरलाई भुपुसँग दाँजेर हेर्ने अनि नयाँलाई अब्बल मान्ने ।

-यदि ब्रेकअप पछि छिटै अर्को पार्टनर फेला परेन भने प्रेम भन्ने चिजलाई बेकारको चिज घोषित गर्ने ।

-दुःख तथा पीडा भरिएका गीत सुन्ने र यस्तो वियोगपूर्ण कविताहरु लेख्ने ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ६ : ५५ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्