विज्ञापन बोर्डमा प्रमुख कार्यकारी अधिकृत रहने कानुनी व्यवस्था गर्न माग | Khabarhub Khabarhub

विज्ञापन बोर्डमा प्रमुख कार्यकारी अधिकृत रहने कानुनी व्यवस्था गर्न माग


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले विज्ञापन बोर्डमा प्रमुख कार्यकारी अधिकृत रहने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

सोमबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले विज्ञापन बोर्ड गठन गर्दा प्रमुख कार्यकारी अधिकृत अनिवार्य रहने कानुनी व्यवस्था गर्न पनि सरकारसँग माग गरेका हुन् । सांसद राजभण्डारीले विज्ञापन बोर्डमा राजनीतिक चलखेल हुन नदिन पनि त्यसमा प्रशासकीय प्रमुखको रुपमा प्रमुख कार्यकारी अधिकृत हुनैपर्ने तर्क पनि गरे।

राष्ट्रिय जनता पार्टी, नेपालका सांसद एकवाल मियाँले ‘क्लिन फिड’ लागू गर्ने सो विधेयकमा राखिएको प्रावधानप्रति आपत्ति जनाए । उनले विज्ञापन बोर्ड गठन गर्ने सरकारको प्रस्ताव प्रदेश सरकारलाई कमजोर बनाउने गरी आएको दावी गर्दै मान्य नहुने अडान पनि राखेका थिए ।

विधेयकमा विज्ञापन बोर्ड गठन गर्दा प्रदेश सरकारको प्रतिनिधिलाई समावेश गर्ने कुनै पनि प्रावधान नराखिएकोमा सांसद मियाँको असन्तुष्टि छ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ८ : २५ बजे

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज