प्रधानसेनापति थापा अमेरिका प्रस्थान | Khabarhub Khabarhub

प्रधानसेनापति थापा अमेरिका प्रस्थान


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघको औपचारिक निमन्त्रणामा सोमबार अमेरिका प्रस्थान गरेका छन् ।

राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा ब्रिटिस आर्म्ड फोर्सले असार २५ गते आयोजना गर्ने प्रथम महिला, शान्ति र सुरक्षा सञ्जाल सम्बन्धी बैठक र संयुक्त राष्ट्रसङ्घ सचिवालयले असार २६ गते आयोजना गर्ने तेस्रो रक्षा प्रमुख सम्मेलनमा सहभागी हुन थापा अमेरिका प्रस्थान गरेका हुन् ।

थापा ४ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै त्यसतर्फ गएका हुन् । भ्रमणको क्रममा प्रधानसेनापति थापाले अमेरिकी रक्षा विभागका उच्च पदाधिकारी तथा दक्षिण एसिया विभाग हेर्ने पदाधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

औपचारिक कार्यक्रम सम्पन्न गरी प्रधानसेनापति थापा आगामी साउन १ गते स्वदेश फर्किने छन् । यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र संयुक्त राष्ट्र संघ तथा मित्रराष्ट्र अमेरिकी सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने सेनाको विश्वास छ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  १ : २८ बजे

अमिरको नेपाल भ्रमण : भैरहवा-कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह

भैरहवा– नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं- मलेसियाको सुपर वुमन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय महिला

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक पत्रकारको मृत्यु

जनकपुर– धनुषामा सडक दुर्घटनामा परी आज एक जना पत्रकारको मृत्यु

काभ्रेको कुतालमा छ्योर्तेन निर्माण

धुलिखेल– काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ कुतालमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण

पठन-लेखन संस्कृति बढाउन कर्णालीमा ‘संस्कृति उत्सव’

कर्णालीमा पहिलो चरणको ‘संस्कृतिको उत्सव’ सुरू भएको छ । ‘खसभूमि