फोहोरबाट बिजुली निकाल्ने कुरा गफमै सीमित– घुम्ने ठाउँ बन्यो २ करोडको परियोजना | Khabarhub Khabarhub

फोहोरबाट बिजुली निकाल्ने कुरा गफमै सीमित– घुम्ने ठाउँ बन्यो २ करोडको परियोजना



काठमाडौं– २२ घन्टासम्म लोडसेडिङको मार खेपेका नेपालीका लागि कुनै समय फोहोरबाट बिजुली निकाल्ने कुरा निकै चासोको विषय थियो ।  लोडसेडिङको मारबाट मुक्ति पाइन्छ कि भनेर उनीहरु फोहोरबाट बिजुली निकाल्ने विकल्पबारे चासो राख्थे ।

जसका कारण फोहोरबाट बिजुली निकालिने कुरा निकै चर्चामा आयो । कसैले यसलाइ राम्रै भने पनि धेरैले यसको चर्को आलोचना समेत गरे । फोहोरको व्यवस्थापन पनि हुने र विजुली पनि उत्पादन हुनेभएपछि यसको समर्थन भएको थियो ।

चर्चाकोबीचमा काठमाडौं महानगरपालिकाले राजधानीमा उत्पादित फोहोरबाट बिजुली निकाल्ने भन्दै वायोमिथानेसन प्लान्ट’ लाई नमुना परियोजनाका रुपमा सुरु गरेको थियो ।

उपत्यकामा उत्पादित फोहोरलाई संकलन गरी महानगरपालिका अन्तर्गत वातावरण व्यवस्थापन विभाग टेकुमा राखिने र सो फोहोरबाट बिजुली निकाल्ने भन्दै यो प्लान्ट ०७३ सालमा सञ्चालनमा ल्याइएको थियो ।

बिग्रिएको मेसिन हेर्न पाँच कामदार छन्, बिहान आउँछन् झाडु लगाउँछन् यसो हेर्छन् र जान्छन्

दैनिक ३ मेट्रिक टन जैविक फोहोरलाई मिथानेशन गर्ने सक्ने भनिएको प्लान्टले दैनिक १४ किलोवाट बिजुली, ३ सय केजी कम्पोष्ट मल, ९६ केजी ग्यास, १३ हजार लिटर प्रशोधित पानी उत्पादन गर्ने दाबी महानगरले गरेको थियो ।

१ करोड ८६ लाख यो परियोजना घुम्न आउनेलाई देखाउने ठाउँ !

उत्पादन गरिएको १४ किलोवाट बिजुली महानगरको कार्यलय प्रयोजन र स्थानीय बासिन्दालाई दिइने र टेकुका सडककमा बाल्ने भनिएको थियो । तर वायोमिथानेसनबाट हालसम्म कुनैपनि कार्य हुन सकेको छैन ।

‘उपलब्धी हुन नसकेकै हो’ वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले भने ‘अहिले विद्यार्थीहरु अवलोकन गर्न आउँछन् उनीहरुलाई देखाउने काम मात्र भइरहेको छ’ ।

काठमाडौं महानगरपालिकाको २० प्रतिशत लगानी र युरोपेली युनियनको ८० प्रतिशत साझेदारीमा १ करोड ८६ लाख यो परियोजनाको लागि खर्च भएको थियो । काठमाडौंबाट निस्कने फोहोरबाट बिजुली उत्पादन गर्न ‘एकीकृत दिगो फोहोरमैला व्यवस्थापन प्रवर्धन’ परियोजनाअन्तर्गत महानगरले प्रक्रिया अघि बढाएको थियो ।

फोहोरबाट बिजुली गफमै सीमित

फोहोरबाट बिजुली निकाल्ने कुरालाइ धेरैले गफमा उडाएका थिए । आखिर गफमै सीमित भएको छ । महानगरले व्यवहारमा उतार्न नसकेपछि अहिले सो परियोजना प्रयोगबिहीन रुपमा रहेको छ । भारतबाट ल्याइएका त्यी मेसिनले अहिले टेकुमा जग्गा ओगेटेर मात्र बसेका छन् ।

ऊर्जा उत्पादनको हिसाबले यो परियोजना ज्यादै सानो भएएपनि सहरी फोहोर व्यवस्थापन र ऊर्जा स्रोतको विविधतामा सर्वसाधरणमाझ यसले आशा थपेको थियो । तर आशा अनुरुप काम हुन नसक्दा अहिले प्लान्ट डेमो मात्र बन्न पुगेको छ ।

करिब २ करोड लगानीमा ल्याइएको ‘वायोमिथानेसन प्लान्ट’ नमुनाका रुपमा स्थापित गराउने र आउने दिनमा अझ विस्तार गर्दै जाने भनिएको थियो तर अहिले उक्त मेसिन बेकामे बनेको छ । के कारण यो परियोजना सञ्चालनमा आउन सकेन, समस्या के हो ? भन्ने प्रश्नमा महानगरका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठ भन्छन्, ‘हामीले सोचेअनुसार काम गर्न सकेनौँ’ ।

‘यसबाट सोचेअनुसार काम हुन नसकेपछि महानगरले नीजि कम्पनीलाइ दिने भएको छ’ उनले भने ‘यस विषयमा छलफल भइरहेको छ’ ।

सुरुवाती चरणमा निकै तामझाम देखाए पनि महानगर अहिले सेलाएको छ । उपत्यकाको फोहोर व्यवस्थापन गर्नु महानगरलाई ठूलो चुनौतीपूर्ण काम बनेको छ । उपत्यकाको फोहोर व्यवस्थान गरिँदै आएको सिसडोलमा बेलाबेलामा समस्या उत्पन्न हुने गरेको छ । तर उक्त फोहोरको व्यवस्थापन गर्दै विजुली उत्पादन गर्ने कार्यलाई महानगरले सञ्चालन गर्न सकेको छैन ।

३ वर्षअघि ल्याएर वातावरण व्यवस्थापनको कार्यलयमा राखिएको मेसिन बिग्रिएको छ कि सञ्चालन हुन्छ भन्ने महानगर आफैँलाई थाहा छैन ।

मंहगो मेसिन प्रयोगबिहीन

टेकुमा राखिएको मिथानेसनबाट दैनिक १४ किलोवाट बिजुली उत्पादन गरेपछि अन्य शहरले पनि यसको सिको सिक्ने महानगरको अपेक्षा थियो । तर अपेक्षाअनुसार काम गर्न नसक्दा लामो समयदेखि मेसिन थन्किएको छ ।

काठमाडौं महानगरमा दैनिक ५ सय टन फोहोरमैला उत्पादन हुने गर्छ । जसमध्ये ३ सय टन फोहोरबाट बिजुली निकालिने महानगरको लक्ष्य रहेको थियो । तर लामो समयदेखि मेसिनका पार्टपुर्जा बिग्रिएका छन् । विभागका अनुसार पार्टर्पुजा बिग्रिरहने र भारतबाटै मगाइरहनु पर्ने अवस्था रहेको छ ।

बन्द प्लान्टको रेखदेखमा ५ कामदार 

टेकुस्थित फोहोर संकलन स्थलको एक छेउमा दुईवटा वायोमिथानेसन प्लान्ट राखिएका छन् । सुरुवाती चरणमा केही दिन सो मेसिन चलेका थिए भने केही समयमै बिग्रिएर थन्किएको एक कर्मचारीले बताए ।

खबरहबले स्थलगत रिपोर्टिङका लागि जाँदा त्यहाँ कुनै कामदार भने थिएनन् । हेर्ने अनुरोध गरेपछि विभागका एक कर्मचारीले चाबी खोलदिए । लामो समयदेखि बिग्रिएको मेसिनमा कामदार के गर्छन् भन्ने प्रश्नमा श्रेष्ठ भन्छन्, ‘पाँच कामदार छन्, बिहान आउँछन् झाडु लगाउँछन् यसो हेर्छन्’ ।

बिग्रिएको मेसिन रेखदेखका लागि हालसम्म कर्मचारी राखिएको तर आउँदो आर्थिक वर्षबाट नीजि कम्पनीलाइ दिइने तयारी भइहरहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ११ : ५१ बजे

आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु

गल्याङ– स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङको

मस्कको सुझाव- रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !

काठमाडौंं– स्पेसएक्सका मालिक एलन मस्कले इजरायल र इरानबीच बढ्दो तनावबीच

दाइको हत्या गरेको आरोपमा भाइ पक्राउ

संखुवासभा– आफ्नै दाइ ४१ वर्षीय सनमान राईको हत्या गरेको आरोपमा सभापोखरी गाउँपालिका-३

कार्यालय समयमा कार्यकक्षमा नहुने स्वास्थ्यकर्मीलाई कारबाही गरिने

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने

लोकतन्त्रका नक्कली सिक्का आफैँ खुइलिएर विस्थापित हुन्छन् : कांग्रेस नेता महर

बझाङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस लोकतन्त्रको सक्कली