ग्रीसको आमनिर्वाचनमा सत्तारुढ वामपन्थी दल पराजित | Khabarhub Khabarhub

ग्रीसको आमनिर्वाचनमा सत्तारुढ वामपन्थी दल पराजित


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

युरोपेली देश ग्रीसको सत्तामा दक्षिणपन्थीहरुको पुनर्दोय भएको छ । आइतबार सम्पन्न आम निर्वाचनमा सत्तारुढ वामपन्थी दलले पराजय भोगेको छ ।

विपक्षी दक्षिणपन्थी दलले समग्रमा ३९.८५ प्रतिशत मत ल्याउँदा सत्तामा रहेको वामपन्थी पार्टी सीरिजा दल ३१.५ प्रतिशत मतमा सीमित हुनुपरेको छ ।

३०० सदस्य संख्या रहेको ग्रीसको संसदीय निर्वाचनमा दक्षिणपन्थी दल न्यू डेमोक्रेसीले १५५ देखि १६७ सम्म सीट जित्न सक्ने जनाइएको छ ।

सरकारी खर्च कटौती गर्ने भनेर सत्तामा आएको वामपन्थी पार्टीले आफ्नो प्रतिवद्धता पूरा नगरेपछि जनताहरुले पुनः दक्षिणपन्थीहरुलाई नै रोजेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको विश्लेषण छ ।

आम निर्वाचनमा जीत हासिल गरेपछि सत्ता सम्हाल्ने तयारीमा रहेको दक्षिणपन्थी दलले ग्रीसेली नागरिकका लागि थप रोजगारी सिर्जना गर्ने र करको दर घटाउने घोषणा गरेको छ ।

सन् २००८ देखि गम्भीर आर्थिक मन्दीमा रहेको ग्रीसमा वामपन्थी पार्टी सिरिजा दलले सरकारी खर्च कटौतीलाई मुख्य नारा बनाएर सन् २०१५ देखि सत्ता सम्हालेको थियो ।

प्रधानमन्त्री एलेक्सिस सिप्रासले हार स्वीकार गर्दै दक्षिणपन्थी दलका केरियाकोस मित्सोताकिसलाई फोन गरेर जीतका लागि बधाई दिइसकेका छन् ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ११ : ०५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०