मलेसियाद्वारा नेपाललाई ८८ रनको लक्ष्य | Khabarhub Khabarhub

मलेसियाद्वारा नेपाललाई ८८ रनको लक्ष्य


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा घरेलु टोली मलेसियाले नेपाललाई ८८ रनको झिनो लक्ष्य दिएको छ ।

मलेसियाको किन्नरा ओभलमा भइरहेको खेलमा मलेसियाले ४०.५ ओभर खेलेर सबै विकेट गुमाउँदै ८७ रन मात्रै बनाएपछि नेपालले ८८ रनको लक्ष्य पाएको हो ।

मलेसियाविरुद्ध सागर ढकाल र कुसल मल्लले कसिलो बलिङ गरे । यता, टस हारेर पहिलो ब्याटिङ गरेको मलेसियालेका लागि भने कुनै पनि खेलाडीले २५ रन बनाउन सकेनन् । मलेसियाका लागि मोहम्मद अमिरले २४ रन बनाउँदा अन्य ब्याट्सम्यानले २० रन पनि जोड्न सकेनन् ।

मलेसियाविरुद्ध टस जितेर फिल्डिङ रोजेको नेपालका लागि सागरले तीन र मल्लले दुई विकेट लिँदा राशिद खान, तिलक भण्डारी र कमलसिंह ऐरीले समान एक–एक विकेट लिए ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  १० : ३९ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६