नेकपामा कार्यदिशाको विवाद सल्टियो, ‘जनताको जनवाद’ मै सहमति | Khabarhub Khabarhub

नेकपामा कार्यदिशाको विवाद सल्टियो, ‘जनताको जनवाद’ मै सहमति


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकताको वर्षदिनपछि राजनीतिक प्रतिवेदनमा देखिएको विवाद अन्त्य भएको छ ।

विवाद अन्त्य भएसँगै प्रतिवेदन प्रकाशन हुने भएको छ । उक्त प्रतिवदेनलाई आज (सोमबार) छाप्न पठाइने भएको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार प्रतिवेदनलाई अन्तिम रूप दिएसँगै राजनीतिक प्रतिवदेन सम्बन्धि समस्या समाधान भएको हो ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच भएको ‘वान टु वान’ छलफलमा राजनीतिक प्रतिवेदनबारे सहमति भएको थियो ।

राजनीतिक प्रतिवेदन पार्टीको सचिवालय र स्थायी कमिटीले पारित गरे पनि कार्यदिशाका विषयमा मतभेद देखिएको थियो । पार्टी एकतालगत्तै नेकपाले वरिष्ठ नेता माधव नेपालको संयोजकत्वमा राजनीतिक प्रतिवेदन तयार गरेको थियो। नेपाल नेतृत्वको टोलीले सबै सहमति गरेर अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो ।

तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद नै नेकपाको कार्यदिशा हुने आशय एमाले पक्षधर नेताहरुले प्रस्तुत गरेपछि तत्कालिन माओवादी पक्षधर नेताहरु सशंकित बनेका थिए । जसका कारण नेकपामा पछिल्ला केही हप्तादेखि सैद्धान्तिक बहस चलेको थियो ।

अब दुई अध्यक्ष ओली र प्रचण्डबीच सहमति भएसँगै दुबै पक्षमा देखिएको आशंका टरेको छ । समाजवाद उन्मुख जनताको जनवादको राजनीतिक कार्यक्रम, तत्कालीन एमालेको नेतृत्वमा सञ्चालित शान्तिपूर्ण र वैधानिक संघर्षले कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्न खेलेको भूमिका तथा तत्कालीन माओवादीको नेतृत्वमा सञ्चालित ‘जनयुद्ध’ले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र विभिन्न सांस्कृतिक समुदायका जनतामा राजनीतिक चेतना–जागरण ल्याउन र संगठित बनाउन खेलेको भूमिकाबारे दुई अध्यक्षबीच सहमति भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रचण्डले भने –एकताको सन्दर्भमा ठूलो काम

नेकपाका अध्यक्ष प्रचण्डले पार्टी एकताको सन्दर्भमा ठूलो काम आफूहरुले पूरा गरेको बताए । आइतबार भक्तपुरमा नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको कार्यक्रममा प्रचण्डले पार्टी एकताका क्रममा एउटा ठूलो टुंगो लगाएको बताए । ‘म एउटा खुसीको खबर सुनाउन सक्ने भएर आएको छु । प्रधानमन्त्रीसँग बिहान आइतबार मात्रै राजनीतिक प्रतिवेदनको टुंगो लगाएका छौं। त्यो प्रकाशनमा जाँदै छ’, उनले भने, ‘पार्टी एकताका सन्दर्भमा ठूलो काम हामीले आज पूरा गरेका छौं।’

अब प्रतिवेदनले पार्टीमा देखिएको अन्योल हटेको उनको दाबी थियो ।  ‘राजनीतिक प्रतिवेदन नहुँदा पार्टीको विचार, राजनीतिक कार्यदिशा, संगठनात्मक नीति, विधि यो सबै के हो ? कुन आधिकारिक हो ? कुन नेताले बोलेको पार्टीको लाइन हो ? कुन नेताले भनेको पार्टीको लाइन होइन ? यस्तो अन्योल पनि देखिएको थियो’, उनले भने, ‘त्यसलाई अन्त्य गर्ने निर्णय गरेका छौं। त्यो प्रकाशन भएर तपाईंहरू सबैको हातमा आइसकेपछि अनुसन्धान गर्न सक्नुहुन्छ। के पार्टी रहेछ, के होइन रहेछ भन्‍ने थाहा हुनेछ।’

प्रचण्डले नेतृत्वलगायत अन्य निर्णयबारे सहमति गरेर अघि बढ्ने बताए ।

‘हामीले पार्टी एकताको घोषणा गर्दा एउटा कुरा सोचविचार गरेर सहमति गरिएको छ । आउने अधिवेशन हाम्रो एकताको महाधिवेशन हुनेछ,’ प्रचण्डले भने,‘एकताको महाधिवेशनमा विचार, राजनीति र नेतृत्वसम्बन्धी निर्णय सहमतिको आधारमा गर्नेछौं । अल्पमत वा बहुमतको आधारमा गर्नेछैनौं भनेर हामीले हस्ताक्षर गरेका छौं ।’

के छ प्रतिवेदनमा ?

प्रकाशनका लागि तयार भएको प्रतिवेदनमा नेकपाको राजनीतिक कार्यक्रम जनताको जनवाद हुने उल्लेख छ । तर, उक्त कार्यक्रमको चरित्र जनताको बहुदलीय जनवादमा उल्लिखित विशेषतामा आधारित हुने गरी तय गरिएको छ ।

जनताको प्रतिस्पर्धात्मक बहुदलीय शासन व्यवस्था र त्यसमा आधारित समाजवादप्रति प्रतिबद्ध रहने, विश्वव्यापी रूपमा स्वीकृत लोकतन्त्रका आधारभूत विषय, मानवअधिकार, स्वतन्त्र न्यायपालिका तथा शक्ति पृथकीकरणलगायत विषयमा आधारित रहने गरी जनताको जनवादको कार्यक्रमलाई अथ्र्याउने प्रयत्न प्रतिवेदनमा गरिएको छ ।

इतिहासको समीक्षाका सन्दर्भमा तत्कालीन दुवै पार्टीले कम्युनिस्ट आन्दोलनमा निर्वाह गरेको भूमिकाबारे पनि दस्तावेजमा उल्लेख छ । ‘एकातिर नेकपा एमालेको नेतृत्वमा सञ्चालित शान्तिपूर्ण र वैधानिक संघर्षले कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउन तथा राष्ट्रिय– अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्न महत्ववपूर्ण भूमिका खेल्यो भने अर्कोतिर तत्कालीन नेकपा ९माओवादी०को नेतृत्वमा सञ्चालित जनयुद्धले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र विभिन्न सांस्कृतिक समुदायका जनतामा राजनीतिक चेतना र जागरण ल्याउन तथा संगठित र आन्दोलित गर्न महत्वपूर्ण भूमिका खेल्यो’, दस्तावेजमा भनिएको छ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ९ : ०४ बजे

आजका समाचार : एमालेको महाधिवेशन प्रतिनिधि परिषददेखि अर्थमन्त्री पुन स्वदेश फिर्तासम्म

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु नेकपा एमालेको महाधिवेशन प्रतिनिधि

उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने

फिक्कल– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री

नेपाल हङकङसँग पराजित

काठमाडौं- नेपाल हङकङसँग पराजित भएको छ । एसीसी प्रिमियर कप

अमेरिकी विद्युतीय निगरानी उपकरणको प्रयोग गर्न सिनेटको अनुमति

वासिङ्टन– विदेशमा रहेका अमेरिकी गुप्तचर निकायहरूले व्यापक रूपमा प्रयोग गर्ने

खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको साथ रहुन्जेल